Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

एमबिबिएसका विद्यार्थीमाथि कलेजको शोषण, प्रहरीको दमन

विहीबार, २६ भदौ २०७६

काठमाडौं २६ भदौ /चितवन मेडिकल कलेजले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ । अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी  विद्यार्थीले १० दिनदेखि आन्दोलन गरिरहेका छन् । तर, यस्तो गम्भीर प्रश्न उठ्दा पनि छानबिन गर्नुको साटो राज्यले विद्यार्थीमाथि नै दमन गरिरहेको छ । 

नयाँ पत्रिकामा निजी मेडिकल कलेजको अवैध असुली स् एमबिबिएसका विद्यार्थीमाथि कलेजको शोषण, प्रहरीको दमन शिर्षकमा छापिएको खबर अनुसार बुधबार मात्रै आन्दोलनरत विद्यार्थीमाथि हस्तक्षेप गरी प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन् । एप्रोन लगाएका विद्यार्थीले प्रहरीको हिरासत भरिएको छ । कलेजमा एमबिबिएस अध्ययनरत प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पनि पक्राउ परेका छन् । 

सरकारले नै खटाएको टोलीको अध्ययनमा किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट तोकिएकोभन्दा बढी शुल्क लिएको पुष्टि भएको थियो । तर, अहिलेसम्म त्यसमा कारबाही भएको छैन । 

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन गण्डकी मेडिकल कलेजले साढे ६ महिना बित्दा पनि कार्यान्वयन गरेको छैन ।  

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पनि विद्यार्थीमाथि आर्थिक ज्यादती गरेको छ । 

बेथिति देखिए संसद्ले छानबिन गर्न सक्छ - सुरेशकुमार राई, सदस्य शिक्षा तथा स्वास्थ्य समिति (प्रतिनिधिसभा)

प्रमाणसहित आए कारबाही सिफारिस गर्छौँ : प्रा.डा. जेपी अग्रवाल, डिन चिकित्साशास्त्र अध्ययन संस्थान

न्यायका लागि संघर्ष गरिरहेका पीडित विद्यार्थीमाथि नै दमन

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो शैक्षिक सत्रका लागि आयोगको निर्णयअनुसार काम हुने र आयोग पूर्ण भएपछि आगामी शैक्षिक सत्रदेखि एकीकृत प्रवेश परीक्षालगायत काम हुने बताए । चिकित्सा शिक्षा ऐन कार्यान्वयन भएपछि धेरै सुधार आउने उनले बताए । 

प्रतिक्रिया