Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

कन्फ्युसियस इन्ष्टिच्युट स्थापनामा सहयोगको सहमती

आइतबार, २६ असोज २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्ष्टिच्युट स्थापना गर्न चीन सरकारले सहयोग गर्ने सहमती भएको छ । चीनका राष्ट्रपति सी चीनफिङको भ्रमणका क्रममा आइतबार त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टर बीच कन्फ्युसियस इन्ष्टिच्युट स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार नेपाल आएका सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उक्त सहमती अनुसार चिनियाँ विद्यार्थी नेपाली भाषा सिक्न नेपाल आउने र नेपाली विद्यार्थीले इन्ष्टिच्युट अन्तर्गत दुई वर्ष नेपालमै चिनियाँ भाषा पढ्ने छन् । बाँकी एक वर्ष चीनमा गएर पढ्न लाग्ने सबै शुल्क चिनियाँ सरकारले व्यहोर्ने छ गरी सहमती भएको जनाईएको छ ।

उक्त सहमती सँगै नेपाल र चीनबीच विभिन्न २० विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर भएको उक्त सहमतिका बुँदाहरु यसप्रकार छन् :
 
- नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता

- नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानका लागि सम्बन्धी समझदारीपत्र

- नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानुनी सहायता सन्धि

- नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्र

- नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्र

- नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)

- नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेलपरियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्र

- नेपालको काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता

- नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनी सम्बन्ध स्थापनाको सम्झौता

- नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारीपत्र

- नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवीविपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्र

- नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोगसम्बन्धी समझदारीपत्र

- नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्नेसम्बन्धी सम्झौता

- नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी आवश्यकतासम्बन्धी प्रोटोकल

- नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्र

- चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र

- नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्र

- नेपालको अर्थमन्त्रालय र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्र

- सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)

- चीनको सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययन

फोटो : नेपाल टेलिभिजन

प्रतिक्रिया