माथिल्लो तहमा सिफारिस भएका शिक्षकको नाम हटाईयो


भक्तपुर - खुल्ला तर्फ प्राथमिक तहमा नियुक्तिका लागि सिफरिस भएका १४ जनाको नाम यस अघि नै माथिल्लो तह वा समान तहमा सिफारिस भईसकेको भन्दै शिक्षक सेवा आयोगले हटाएको छ । विज्ञापन नम्बर १०१–१०९ को प्राथमिक तहको विभिन्न मितिमा प्रकाशित अन्तिम नतिजामा छनौट भएका उम्मेद्वारहरु मध्ये माथिल्लो तह वा समान श्रेणीमा सिफारिस भईसकेको देखिएकाले उनीहरुको नाम सिफारिस सूचीबाट हटाउने निर्णय गरेको आयोगले जनाएको छ । 

यसरी नाम हटाईएका उम्मेद्वारहरु मध्ये १३ जिल्लाका १४ उम्मेद्वार रहेका छन् । यी मध्ये मोरङ्का २ जना छन् । मोरङ्को जदहा ४ का दिवाकर राजवंशी र सुनवर्षी ५ का सतिशकुमार दास रहेका छन् । यस्तै धाँदिङ्को सांकोष ८ का रितुवहादुर गुरुङ्, फेदाम २ तेह्रथुमका वेदप्रकाश रिमाल, साकेला ५ खोटाङ्का फिरोज कटुवाल र राजगढ ६ सप्तरीका भगवती यादव रहेको आयोगले जनाएको छ । यसैगरी विरेन्द्रनगर १० सुर्खेतका हिराकुमारी थापा, लालबन्दी ४ सर्लाहीका पुष्पबहादुर भुजेल, धनगढी १९ कैलालीका शेरबहादुर थापा र विरुवा ७ स्याङ्जाका  तुलबहादुर विक रहेका छन् । यस्तै पनौती २ काभ्रेका राजेन्द्र हुमागाई, सोन्मा ३ महोत्तरीका फूलजितकुमार यादव, सुस्ता १ नवलपरासीका ईन्द्रजित सिंह चौधरी थारु र मार्मा ३ दार्चुलाका राजेन्द्र प्रसाद जोशी रहेका आयोगले जनाएको छ ।