Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

पूर्व शिक्षक नेता पक्राउ

मंगलबार, ०५ कार्तिक २०७६

चितवन - पूर्व शिक्षक नेता गुणराज लोहनी पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई पार्टी केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको सार्वजनिक भएको भोली पल्टै मंगलबार विहान चितवनबाट पक्राउ गरिएको हो । 

केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न कठिनाई भएको भन्दै पार्टीले उनलाई विदाई गरिएको विज्ञप्ति मार्फत् सार्वजनिक गरेको थियो । लोहनी शिक्षामा सवालमा विचार निर्माण गर्ने नेता मानिन्छन् । उनले विभिन्न लेख मार्फत् शिक्षाका मुद्दामा सार्वजनिक बहस गर्दै आएका थिए ।  

उक्त पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा पार्टीको आठौं पूर्ण बैठकका निर्णयहरु सार्वजजिक गरिएको छ । 

आतंक मच्चाएको भन्दै सरकारले उक्त पार्टीमाथि गत फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यस यता उक्त पार्टीका दर्जनौं नेता, कार्यकर्ता पक्राउ परेका छन् । 

फोटो : लोहनीको फेसबुक 

 

प्रतिक्रिया