Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

छापामा शिक्षा : विधान भन्छ ३२ वर्ष उमेर हद, नेताको प्रस्ताव ४० नाघेका

मंगलबार, ०५ कार्तिक २०७६

काठमाडौं ५ कात्तिक / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको नेतृत्व ६ महिनादेखि खाली छ । १२औँ महाधिवेशन कहिले र कसरी हुने केही टुंगो छैन । तर, शीर्ष नेतृत्वले महाधिवेशनका लागि विधानले तोकेको उमेर हद नाघेका नेताहरूलाई जिम्मा दिने तयारी गरेको छ । 

विद्यार्थीमा ४० कटेकै नेतृत्व खोज्दै कांग्रेस शिर्षकमा नयाँ पत्रिकामा रमेश सापकोटाले लेखेको खबर अनुसार निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको ६ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति गठनको गृहकार्य थालेका हुन् । यसका लागि उनले आइतबार रामचन्द्र पौडेलसहितका नेताहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा देउवाले झन्डै ५० वर्ष उमेरका सुनसरीका राजीव ढुंगानाको नाम अध्यक्षमा प्रस्ताव गरे । 

देउवाले गरेको प्रस्तावमा नेता रामचन्द्र पौडेलले असहमति जनाएका छन् । पौडेलले असहमति जनाए पनि उनले प्रस्ताव गरेका मनोजमणि आचार्यको उमेर पनि ४० वर्षभन्दा माथि छ । 

देउवाले गुटगत आधारमा मुख्य तीन गुटलाई एकएक महामन्त्री दिएर सहमतिको प्रयास गर्दै छन् । सुनसरीका ढुंगाना ०५७ देखि ०५९ सालसम्म विश्वप्रकाश शर्मा अध्यक्ष रहेको कार्यकालमा नेविसंघमा केन्द्रीय सदस्य थिए । 

सभापति शेरबहादुर देउवानिकटबाट राजीव ढुुंगाना, ऋषिकेशजंग शाह, सरोज थापा, प्रकाश घिमिरे र प्रेम जोशी नेविसंघको तदर्थ समितिमा अध्यक्षका दाबेदार हुन् । 

प्रतिक्रिया