Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको विवरण पठाउन अन्तिम ताकेता

मंगलबार, ०५ कार्तिक २०७६

काठमाडौं - पाउने सुविधाका लागि आवश्यक विवरण नपठाउने अस्थायी शिक्षकलाई विवरण पठाउन  शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अन्तिम ताकेता गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइहरुलाई परिपत्र गर्दै केन्द्रले कात्तिक २० गते सम्मको म्याद तोकेको हो । हाल सम्म पनि केही जिल्लाका अस्थायी शिक्षकले सेवा सुविधा प्राप्त गर्न निवेदन नबुझाएको बुझिन आएको भन्दै केन्द्रले ताकेकता सहितको म्याद उल्लेख गरेर परिपत्र गरेको हो । उक्त सुविधा पाउन योग्य शिक्षकको आवश्यक प्रमाणित कागजात रहेको व्यक्तिगत फाईल सहितको समष्टिगत विवरण विद्यालय शिक्षक कितावखानामा पठाउन केन्द्रले ताकेता गरेको जनाएको छ । 

तोकिएको विवरण सहितको फाईल कितावखानामा प्राप्त नभई सेवासुविधाबाट बञ्चित भएमा सम्बन्धित व्यक्तिनै जिम्मेवार हुने उक्त परिपत्रमा उल्लेख छ । 

शिक्षा ऐनको आठौं संशोधनले अस्थायी शिक्षक व्यवस्थापनको व्यवस्था गरेको आधारमा उनीहरुका लागि तोकिएको परीक्षाका प्रकृया सकिईसकेको छ । ऐनको दफा ११ मा अस्थायी शिक्षकले पाउने सेवासुविधाको व्यवस्था गरिएको छ । सो अनुसार ५ देखि१० बर्ष सेवागरेका शिक्षकलाई प्रत्येक बर्षको निमित्त आखिरी आधा महिनाको तलब, १० बर्ष भन्दा बढीकालाई एक महिनाको र १५ बर्ष भन्दा बढी सेवागरेकालाई प्रत्येक बर्षको निमित्त आखिरी डेढ महिनको तलब बराबरको रकम दिने व्यवस्था छ ।   

प्रतिक्रिया