Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी

सोमबार, १८ कार्तिक २०७६

काठमाडौं १८ कात्तिक / अतिरिक्त शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी दिएका छन् । मेडिकल विद्यार्थीको चेतावनी– परीक्षा नसारे बहिष्कार शिर्षकमा कान्तिपुरमा सुदीप कैनीले लेखेको खबर अनुसार त्रिविअन्तर्गतका कलेजमा अध्ययनरत उनीहरूले आन्दोलनका क्रममा पठनपाठन प्रभावित भएको भन्दै परीक्षा सार्नुपर्ने माग गरेका हुन् । 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) ले कात्तिक २० बाट पहिलो वर्ष र मंसिर पहिलो साताबाट दोस्रो वर्षको परीक्षा हुने तालिका सार्वजनिक गरेर परीक्षातालिका सार्वजनिक तयारी अघि बढाएको छ । विद्यार्थीले सबै विषयको परीक्षा सार्न माग गर्दै आइतबार आईओएम डिन कार्यालयमा प्रदर्शनसमेत गरेका छन् ।

प्रदर्शनमा चिकित्साक्याम्पस महाराजगन्ज, गण्डकी मेडिकल कलेज पोखरा, चितवन, किस्ट र युनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थी सहभागी थिए । विद्यार्थी शारीरिक र मानसिक रूपमा परीक्षादिन तयार नभएकाले परीक्षा कम्तीमा एक महिना पर सार्नुपर्ने संघर्ष समितिका संयोजक मिलन गैरेले जानकारी दिए ।

अतिरिक्त शुल्कको विषयलाई लिएर गण्डकी, नेसनल र युनिभर्सल मेडिकल कलेजमा आन्दोलन जारी छ ।

चितवन मेडिकल कलेजमा शुल्क समायोजन गर्ने सम्झौतापछि आन्दोलनस्थगित गरिएको छ । ‘कलेजहरूले शुल्कमा ठगी गरेर विद्यार्थी मानसिक रूपमा त्रसित छन्,’ गैरेले भने, ‘नेसनल र युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीमाथि दमन नै गरिएकोथियो ।’ उनले अहिले परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको बताए । आन्दोलनकै क्रममा परीक्षा फाराम नभरेको र प्रयोगात्मक कक्षासमेत छुटेको विद्यार्थीको गुनासो छ । वीरगन्जकोनेसनल मेडिकल कलेजले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई बन्धक बनाएर कुटपिट गरेको थियो ।

त्यस कलेजका सञ्चालक बसरुद्दिन अन्सारी हुन् । आक्रमणको त्रासले केहीविद्यार्थीलाई कलेजमा पढ्ने वातावरणसमेत रहेको संयोजक गैरेले दाबी गरे । ‘यस्तो बेला परीक्षा हुन सम्भव छैन । डिन कार्यालयलाई परीक्षा रोक्न ज्ञापनपत्र बुझाएका छौं,’ उनलेभने । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पनि आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी घाइते भएका थिए ।

गण्डकी मेडिकल कलेजमा विद्यार्थीको तालाबन्दी जारी छ । अन्य कलेजमा पनि अतिरिक्त शुल्क लिइएकाले विद्यार्थीले संघर्ष थाल्ने तयारी गरेको समितिले जनाएको छ । विद्यार्थी अनितसिंहाले डिन कार्यालयसँग परीक्षा सार्ने विषयमा छलफल भएको जानकारी दिइन् । आईओएमका डिन जगदीश अग्रवालले विद्यार्थीका न्यायोचित माग पूरा हुने उल्लेख गर्दै परीक्षाकाविषयमा छिटै निर्णय लिने बताए । त्रिविअन्तर्गत महाराजगन्ज क्याम्पस, चितवन, किस्ट, गण्डकी, युनिभर्सल, पिपल्स डेन्टल, नेसनल, जानकी र नेपाली सेनाको मेडिकल कलेजसञ्चालित छन् ।

माग पूरा गर्न प्रशासनको पहलभैरहवा– युनिभर्सल साइन्सेस अफ मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्कका सम्बन्धमा कलेज व्यवस्थापन, विद्यार्थीका अभिभावक र स्थानीयप्रशासनबीच बैठक बसेर समाधान खोज्ने समझदारी भएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आन्दोलनरत विद्यार्थीलाई आइतबार आफ्नो कार्यकक्षमा बोलाएरआफूले समस्या सुल्झाउन पहल गर्ने जनाउँदै कात्तिक २० मा सम्बन्धित पक्षबीच छलफल गर्ने बताएका छन् ।

प्रजिअ पन्थका अनुसार प्रशासनले माग सुनुवाइमा पहल गर्ने आश्वासन दिएपछि विद्यार्थीले आन्दोलनका कुनै कार्यक्रम नगर्ने मौखिक प्रतिबद्धता जनाएका छन् । कान्तिपुरसँग सम्पर्कमाआएका विद्यार्थीले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

कलेज प्रशासनले त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै एमबीबीएस र बीडीएस प्रथम वर्षका विद्यार्थी बिहीबारदेखि आन्दोलित बनेका हुन् ।

उनीहरूले अतिरिक्त शुल्क फिर्ताका लागि पहल गरिदिन स्थानीय प्रशासनसमक्ष समेत माग गरेका थिए ।

प्रतिक्रिया