Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

छापामा शिक्षा : डडेल्धुरामा सत्याग्रह

मंगलबार, १९ कार्तिक २०७६

काठमाडौं १९ कात्तिक / काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले मेडिकल शिक्षाका बेथिती विरुद्ध सत्याग्रह गदैृ आएका प्रा.डा. गोविन्द केसीले शुरु गरेको सत्याग्रहको खबर समेटेका छन् । सरकारले माग सम्बोधन गर्नुको साटो उल्टै सम्झौता उल्लंघन गरेकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताउँदै केसीले डडेल्धुरा सदरमुकाम स्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल परिसर नजिकको एक निजी घरबाट सत्याग्रह शुरू गरेका हुन् । 

केसीले यस पटक सात सूत्रीय माग अघि सारेका छन् । 

निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, अर्बौंको ठगी र आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुन बमोजिम कडा कारबाही गरिनुपर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्धि गर्नेलगायतका निर्णयहरू खारेज गरिनुपर्ने केसीका माग हुन् । यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गरिनुपर्ने लगायतका सात सूत्रीय माग अघि सार्नुभएको छ।

डोटी, डडेल्धुरा, उदयपुर र इलाम पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रक्रिया अघि बढाउनुपर्ने, क्यान्सर लगायतका महँगा औषधी भारत भन्दा ४–५ गुणा महँगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराइनुपर्ने, कर्मचारी समायोजनका क्रममा सेवा अवरुद्ध भएका डडेल्धुरालगायतका अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवण्डा रोकी पीडितहरूको मागअनुसार सम्बन्धित कानुन संशोधन गरेर पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्ति गरिनुपर्ने माग अघि सारिएको छ।

यसअघि १६ पटकसम्म आमरण अनशन बसेका केसीले माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । केसीले  केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मात्रै योसहित चौथोपटक सत्याग्रह बस्नुपरेको थियो ।  हरेक दलका नेताहरूले सरकारको नेतृत्व गरेका बेला सत्याग्रह बसे पनि कसैले माग सम्बोधन नगरेकोभन्दै केसीले आपत्ति जनाउँदै आएका छन् । 

प्रतिक्रिया