Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

विद्यालय तहका विद्यार्थी पनि उत्रिए सडकमा

बुधबार, २७ कार्तिक २०७६

भक्तपुर - सडक प्रदर्शन, विरोध र आन्दोलनमा अक्सर विद्यालय तहका विद्यार्थीको सहभागिता हुँदैंन । तर मंगलबार भक्तपुरका कक्षा ४ देखि १० सम्मका विद्यार्थी प्ले कार्ड, ब्यानर र नेपाली झण्डा बोकेर विरोध प्रदर्शन गर्न सडकमा निस्के !

विद्यालयकै पोशाकमा आएका विद्यार्थीको एक हातमा चन्द्रसूर्य अंकित नेपालको झण्डा थियो, भने अर्को हातमा प्लेकार्ड ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा एकतर्फी रूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्सा भित्र राखेको विरोधमा प्रदर्शन र विरोध जारी भईरहेका बेला विद्यालय तहका विद्यार्थी पनि सडकमै उत्रिएका हुन् ।

अँग्रेजीमा ‘गो ब्याक इण्डिया’,  ब्याक अफ इण्डिया’, ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोक्दै विद्यार्थी सडकमा उत्रिएका हुन् । कोहीकोही विद्यार्थीसँग भने नेपालको नक्साको नमूना नै थियो ।

उनीहरुले चर्को आवाजमा नारा लगाए । उनीहरुको त्यो चर्को आवाजमा भारतले गरेको सीमा अतिक्रमण विरुद्ध उनीहरु आक्रोसित मात्र थिएनन्, उनीहरु नेपाली वीर पुर्खाले रगत पसिना नभनी रगतले कोरेको सिमाना माथि भारतले गरेको हेपाहा प्रवृत्तिको अन्त्य चाहन्थे, यसैले त उनीहरुले भक्तपुरको सूर्यमढी देखि दत्तात्रय, गोल्मढी, सुकुलढोका, न्यातापोल मन्दिर परिसर, बंशगोपाल, नासमना, भार्वाचो, दूधपाटी लगायतका स्थानको परिक्रमा गरेको थियो ।

नेपालको संविधान २०७२ को अनुसूचिको निसान छापमा अंकित कालापानी क्षेत्र भारतले गायव गरिए सँगै भारतको उक्त कदमको सर्वत्र विरोध भइरहेको बेलामा विद्यार्थीलाई पनि देश भक्तिको विषयमा जानकारी दिन, सिमानाको महत्वबारेमा बताउन देकोचा स्थित जेन्यूइन सेकेण्डरी स्कुलले र्याली आयोजना गरेको हो ।

‘विद्यार्थीलाई देशको सिमाना बारेमा जानकारी दिनु आवश्यक छ, हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सिमानाबारेमा अध्यापन गराउनुपर्छ,त्यसैले यो वषय जानकारी दिन खोजेका हौं' प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने ।

प्रतिक्रिया