Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

कार्यकारी परिषद्मा तीन सदस्य थपिने, शिक्षक कर्मचारीको सेवा सम्बन्धि व्यवस्थामा संशोधनको प्रस्ताव

मंगलबार, १० मंसिर २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको सभा शुझबार बस्ने भएको छ । उक्त सभाले ईञ्जिनीयरिङ् अध्ययन संस्थान पुल्चोकका प्रा.डा. विनोद पराजुली, पाटन क्याम्पसका सह प्राध्यापक राजेन्द्र प्रसाद पौडेल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. राम प्रसाद खतिवडालाई त्रिवि कार्यकारी परिषद्को सदस्यमा मनोनित गर्ने कार्यवली तय गरिएको छ । 

यस्तै विश्वविद्यायको शिक्षक कर्मचारी सेवा सम्बन्धि नियमावलीमा संशोधन गरी पुनरावेदन आयोगको अध्यक्षको नियुक्ति गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ । नियमावलीमा भएको शिक्षक कर्मचारीको सेवा सम्बन्धि व्यवस्थामा संशोधनको प्रस्ताव समेत सभाले पारित गर्ने कार्यवली तयार पारिएको छ । सभाले चालु बर्षका लागि प्रस्तावित नीति कार्यक्रम र बजेट स्विकृतीको अनुमोदन समेत गर्ने छ ।  

विश्वविद्यादयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीको समय लिएर शुक्रबार विहान ११ बजेका लागि सभाको समय निर्धारण गरिएको हो । 

प्रतिक्रिया