Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

बर्षौँ पछि प्रधानाध्यापकलाइ अँगालेर रुदैं विद्यार्थी ...

सोमबार, १६ मंसिर २०७६

एउटा विद्यार्थी प्रधानाध्यापसँग -  सर सर ! हिजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महँगो घडी हरायो ।

प्रधानाध्यापक :  कहाँबाट हरायौ

विद्यार्थी : यहीँ कक्षा कोठाबाट हरायो सर !

प्रधानाध्यापक : कसरी हरायो ?

विद्यार्थी : म टिफिन टाइममा घडी यहीँ टेबुलमा राखेर बाहिर गएको थिँए, आउँदा टेबुलमा घडी छैन सर !

प्रधानाध्यापक : त्यसो भए यो समय भित्र त कक्षा कोठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् !

प्रधानाध्यापक : तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ–आफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे । एउटा विद्यार्थीको पकेटमा घडी भेटियो र घडी बुझाए ।

चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षा भरी फैलन्छ भन्ने त्रासमा रह्यो । एक दिन दुई दिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आ–आफ्नो कर्ममा लागे ।

चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसँग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरेँ र ? तिमी यो सब के भन्दैछौ ?” 

विद्यार्थी : हजुरले त्यो दिन मैले चोरेको कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिउँदो मात्र हैन, यो स्थानमा छु, त्यो कुरा विद्यालयमा फैलिएको भए म त्यही दिन आत्महत्या गर्थें ।

प्रधानाध्यापक : (आश्चर्यमा पर्दै) त्यो केटा तिमी थियौ ?

विद्यार्थी : सर ! हजुरले मलाई भुल्नु भयो ? 

प्रधानाध्यापक : मैले त्यो दिन तिमीहरू सँगै मेरो आँखा पनि कालो पट्टीले बाँधेको थिँए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थेँ कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् !

यो कुरा सुनेर विद्यार्थी झन् आँखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अँगालेर रोयो ।

गल्ती कसबाट हुंदैन ? तर, आज हामी अरूको गल्ती खोज्दै हिँड्छौं । बनावटी कथा बनाएर पनि अरूको चरित्र हत्या गर्छौं । जब कि हामी कोही गल्ती नगर्नेमा पर्दैनौँ । सबैले सानो–ठूलो गल्ती गरि रहेका हुन्छौं । 
के कसैको गल्ती हामीले माफÞ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ? के सुध्रने मौका दिन सक्दैनौं ?

साभार : सामाजिक सञ्जाल 

प्रतिक्रिया