Edukhabar
शनिबार, १५ बैशाख २०८१
जिव्रो

सिकाइमा परिवर्तन ल्याउन गरौं बाह्र  काम

मंगलबार, ३० असोज २०८०

Medin Lamichhane

अबको कक्षाकोठाको सिकाइमा परिवर्तन ल्याउन कम्तिमा पनि तलका बाह्र  काम गरौं । 

क) सिकाइ पाठ्यक्रममा आधारित र विद्यार्थी केन्द्रित बनाऔँ। 

ख) शिक्षकको भूमिका सेज अन द स्टेज  (Sage on the stage) बाट गाइड अन द साइड (Guide on the side) मा रुपान्तरण गरौँ। 

ग) कक्षाकोठाको संरचना लचिलो (Flexible) बनाऔँ। 

घ) सिकाइमा प्रविधिको प्रयोग गरौँ। 

ङ) सिकाइमा डिफरेन्सिएटेड इन्ष्ट्रक्शन (Differentiated Instruction) को प्रयोग गरौँ। 

च) सिकाइमा प्रतियोगितालाई भन्दा सहकार्यलाई जोड दिऔँ। 

छ) वान साइज फिट्स अल (One size fits all) मोडेलको शिक्षण विधी, सिकाइ प्रकृया, कृयाकलाप प्रयोग नगरौँ। 

ज) सिकाइमा विद्यार्थीको पुर्व ज्ञान, अनुभव, बुझाई, पृष्ठभूमि आदीको भूमिकालाई स्विकार गरौँ। 

झ) सिकाइलाई विद्यार्थीको जीवन र जगतसँग जोडौँ। 

ञ) सिकाउँदा एउटा विद्यार्थीलाई अर्को विद्यार्थीसँग तुलना नगरौँ। हरेक विद्यार्थी आफैमा अद्वितिय हुन्छन। एउटा विद्यार्थीको सिक्ने सैली र गति अर्को विद्यार्थीको भन्दा फरक हुन्छ। 

ट) सिकाइमा पुरस्कार र दण्डको प्रयोग नगरौँ। आन्तरिक प्रेरणा (Intrinsic motivation) को प्रयोग गरौँ। 

ठ) सिकाइमा सामाजिक न्याय (Social justice) लाई आत्मसात गरौँ।

- यो स्तम्भमा सामाजिक सञ्जालमा व्यक्त शिक्षाका विषयहरु समेटिन्छ - सं. 

प्रतिक्रिया