Edukhabar
शनिबार, १५ बैशाख २०८१
जिव्रो

देश त बृद्धाआश्रम मात्र बन्ने भो

मस्कोमा बच्चा जन्मने क्रम अति नै न्यून भएकोले नर्सरी स्कुलहरू नै बन्द भई सक्यो भन्दा छक्क परेकी थिएँ। आज आएर आफ्नो देशको हालत पनि त्यस्तै होला जस्तो देख्छु

बुधबार, २७ मंसिर २०८०

यस्तै हो भने केही वर्ष भित्रै कलेजमा मात्र होइन नर्सरीमा पनि भर्ना शून्य हुनेछ। २०१९ मा मस्कोमा early childhood conference मा सहभागी हुन पुगेको थिएँ जहाँ मेरो ताइवानका एक music therapist सँग चिनजान भएको थियो।

तपाईँ के गर्नुहुन्छ भन्ने कुराकानीको क्रममा मैले आफ्नो देशमा ६ वटा प्रिस्कूलमा करिब ६०० जना साना साना विद्यार्थीहरू पढाउने गर्छु भन्दा उनी छक्क परेकी थिइन ।  किनकि उनीहरूको देशमा बच्चाहरू जन्मने क्रम अति नै न्यून भएकोले गर्दा धेरै जस्तो नर्सरी स्कुलहरू नै बन्द भई सक्यो रे । उसको कुरो सुनेर म छक्क परेकी थिएँ।

आज आएर चार वर्ष बित्दा नबित्दै आफ्नो देशको हालत पनि त्यस्तै होला जस्तो देख्छु ।परिवारको कुनै एक सदस्य विदेश पलायन नभएको घर छैन। युवाहरू कमिलाको ताँती जस्तै एअर पोर्टमा छन् । देश त बृद्धाआश्रम मात्र बन्ने भो । सकस ।।

 

यो स्तम्भमा सामाजिक सञ्जालमा व्यक्त शिक्षाका विषयहरु समेटिन्छ - सं. 

प्रतिक्रिया