काठमाडौं - आाधरभूत तहमा दुई वर्गका शिक्षक हुने गरी संसदीय समितिमा सहमती जुटेको छ । विद्यालय शिक्षा विधेयकले गरेको शिक्षक सेवाको गठनको बुँदामा उपसमितिले गरेको सहमतीलाईनै समितिले पारित गरेको हो । सहमती अनुसार कक्षा ३ सम्म अध्यापन गर्ने शिक्षकलाई कक्षागत र कक्षा ४ देखि ८ सम्म अध्यापन गर्नेलाई विषयगत शिक्षक उल्लेख गरिने छ ।
आईतबार बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सहमती अनुसार ऐन प्रारम्भ हुँदाका बखत प्राथमिक शिक्षकको रुपमा कार्यरत शिक्षकले कक्षा ५ सम्म अध्यापन गर्न पाउने छन् । कक्षागत शिक्षकले विद्यार्थी संख्याको आधारमा बहुकक्षा शिक्षण गर्नु पर्नेमा पनि सहमती जुटेको छ । प्राथमिक शिक्षकका रुपमा कार्यरत शिक्षकलाई तोकिएको प्रकृया अपनाई कक्षागत वा विषयगत शिक्षकको रुपमा रुपान्तरण गर्न सकिनेमा समिति सहमत भएको छ ।
यस अघि विधेयकमा कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकलाई साधारण र ६ देखि ८ सम्म अध्यापन गर्नेलाई विषयगत शिक्षक हुने प्रस्ताव थियो ।
प्रतिक्रिया