Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

जसरी हाँसीहाँसी स्कुल गएकी थिई, त्यस्तै चाहिन्छ

मंगलबार, २४ मंसिर २०७६

काठमाडौं २४ मंसिर / बाँकेको कोहलपुरमा विद्यालय जाँदै गरेकी छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर गम्भिर घाईते बनाएको घटनाले विक्षिप्त बनेको परिवारको पीडादायी अनूभुतिलाई काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विशेष महत्वका साथ प्रकाशन गरेका छन् । 

अन्नपूर्ण पोष्टमा शंकर खनालले ‘हाँसी-हाँसी आऊन् उनी’ शिर्षकमा लेखेको खबरमा चन्दकी माइली दिदी पुष्पाले बैनी स्कुल जाँदाको क्षणबारे सञ्चारकर्मीसँग भनेको कुरालाई समेटेर खबर लेखेका छन् । ‘मेरी बैनीको जीवनमाथि ट्रकवालाले खेलवाड गर्न पाउँछ ? मेरो बैनी जसरी हाँसीहाँसी स्कुल गएकी थिई। त्यस्तै चाहिन्छ।’

प्रकृति परिवारमा मात्र होइन, विद्यालयमा शिक्षक र विद्यार्थीमाझ प्यारी छिन्। उनी त्रिभुवन माविमा वैशाख १८ गते कक्षा ७ मा भर्ना भएकी थिइन्। शिक्षकका अनुसार प्रकृति अनुशासित छिन्। स्वास्थ्य र नैतिक विषयका शिक्षक हरिबहादुर चन्द सबैभन्दा सानी भएकाले प्रकृतिलाई सधैं पहिलो बेन्चमा राख्ने गरेको बताउँछन्। ५० जना विद्यार्थीमा उनी टप टेनमा पर्छिन्। शिक्षक चन्दले  भने । 

चन्द परिवारको आर्थिक अवस्था कमजोर भएको उक्त खबरमा उल्लेख छ । 

कान्तिपुरमा मधु शाहीले लेखेको कोहलपुर घटनामा घाइते प्रकृतिकी दिदी सम्झिन्छिन्, ‘बहिनी हाँस्दै स्कुल गएकी थिई’ शिर्षकको खबरमा प्रकृति मुसुक्क हाँस्दै बुबाको स्कुटर चढेकी थिइन् । बिहान १० बजे स्कुल नपुग्दै कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले प्रकृतिको खुट्टा किच्यो ।

खबर अन्ुसार सोमबार भएको सर्वपक्षीय छलफलमा ६ बुँदे सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताएका छन् ।  घाइतेलाई उपचार, क्षतिपूर्ति र घटना छानबिनका लागि टोली गठन गर्न गृह मन्त्रालयलाई लेखिपठाउने सहमति गरेको हो । ‘दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षादीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि गृह मन्त्रालयमा अनुरोध गरिने निर्णय गरिएको छ,’ प्रजिअ खड्काले भने, ‘ठक्कर दिने ट्रकका धनी दुगड ग्रुपले घाइतेको उपचार खर्चबापत ५ लाख पठाएको छ ।’ प्रकृतिका आफन्तले भने सोमबार दिउँसोसम्म रकमबारे कुनै जानकारी नआएको र व्यक्तिगत खर्चमा उपचार भइरहेको बताएका छन् ।

प्रतिक्रिया