Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

सोमबार, २६ पुस २०७८

काठमाडौं - बढ्दो कोभिड संक्रमण जोखिमका कारण शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आईतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिसलाई मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

सोमबार सचिव स्तरीय बैठकबाट भएको उक्त निर्णयलाई सम्बन्धित निकाय मार्फत् कार्यान्वयन गर्ने गरि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । विद्यालय बन्द गर्ने निर्णय भए पनि कसरी गर्ने लगायतका मोडालिटी सहित सोमबार दिउँसो सम्म सूचना जारी गर्ने तयारी गरेको मन्त्रालय श्रोतले जानकारी दियो । 

आइतबारको सीसीएमसीसी बैठकले वार्षिक बिदामा मिलान गर्ने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गरेको थियो । उक्त बिदा अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन उक्त बैठकले सिफारिस गरेको छ । 

आईतबारको बैठकका सिफारिस पढ्नुहोस् : विद्यालय बन्द गर्न सिफारिस, जारी परीक्षामा मापदण्ड पालना गर्नु पर्ने

प्रतिक्रिया