Edukhabar
विहीबार, ०३ जेठ २०८१
खबर/फिचर

उपकुलपति छनौट समितिमा मन्त्री र सचिव बनाएको भन्दै विरोध

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिमा भने शिक्षामन्त्री बाहेकको समिति गठन

मंगलबार, २३ माघ २०८०

काठमाडौँ– उपकुलपति छनौट समितिमा विज्ञहरू नराखेको भन्दै आलोचना हुन थालेको छ । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट समितिमा शिक्षामन्त्री संयोजक रहेको छनौट समिति गठन भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समितिको सदस्यमा योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल र शिक्षा विज्ञान तथा प्रविधि सचिव सुरेश अधिकारी सदस्य रहेको छनोट समिति गठन गरेको थियो । छनौट समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पनि त्रिविको जस्तै खुला खुला विज्ञापन गरेको छ । छनौट समितिमा त्रिविको जस्तै मन्त्री संयोजक, योजना आयोगका सदस्य र शिक्षा सचिव रहेको भन्दै विरोध भएको हो । 

शिक्षाविद् प्रा. मनप्रसाद वाग्ले त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट समितिलाई सरकारी दलालको रजाइँ भन्दै विरोध जनाएका छन् । मन्त्री, सचिव छनौट समितिमा रहने प्रावधान गलत भएकोले ऐन नियम संशोधन गर्नु पर्ने उनको सुझाव छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘उपकुलपति छनौट समितिमा सरकारी दलालको रजाइँ कहिलेसम्म ? स्वतन्त्र छनौटको नाटक मात्रै, ऐन नियम संशोधन गरे हुन्न ?’  

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिमा भने शिक्षामन्त्री बाहेकको समिति गठन भएको छ । 

 

प्रतिक्रिया