Edukhabar
विहीबार, ०३ जेठ २०८१
खबर/फिचर

संसदीय समितिले शिक्षा सम्बन्धी विधेयक ५ महिनामै टुङ्ग्याएर सभामा पेस

०८० कात्तिक १७ देखि पुस १ गतेसम्म भएको ६ वटा बैठकले विधेयक टुङ्ग्याएको हो ।

बुधबार, २४ माघ २०८०

काठमाडौँ- सरकारले संसदमा दर्ता गरेको शिक्षा सम्बन्धी एक विधेयक संसदीय समितिले समेत ५ महिना भित्रै दफावार छलफल सकेर बुधवार सभामा पेस गरेको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १९ मा संसदमा पेस गरेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० विधायन समितिले दफावार छलफल समेत सकाएर सभामा पेस गरेको हो । 

समिति सभापति जयन्ती राईले सर्वसाधारण जनतालाई सहज, सुलभ र विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य विज्ञान सम्बन्धी शिक्षा सेवा उपलब्ध गराउने उद्देश्य पुरा हुने गरी विधेयक टुङ्ग्याएको बताइन ।

उनले भनिन,‘मुलुकको सम्बृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ,’उनले भनिन् । 

०८० कात्तिक १४ मा बसेको राष्ट्रिय सभाको बैठकले दफावार छलफलको लागि समितिमा पठाएको थियो । विधेयक माथि ७३ वटा संशोधन परेको थियो । संशोधन सहित ०८० कात्तिक १७ देखि पुस १ गतेसम्म भएको ६ वटा बैठकले विधेयक टुङ्ग्याएको हो । 

कैलालीको गोदावरी नगरपालिका ५ गेटामा रहने विश्वविद्यालयको कुलपति अन्य विश्वविद्यालयको जस्तै प्रधानमन्त्री कुलपति रहने प्रावधान राखेको छ । सहकुलपतिमा शिक्षा मन्त्री रहने प्रावधान राखिएको छ । विश्वविद्यालयमा अध्ययन, अध्यापन, स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनको लागि विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थानमा स्कुल अफ हेल्थ साइन्सेज स्थापना गर्ने प्रस्ताव गरिएको छ  । विश्वविद्यालयले आफ्नो आगिंक शिक्षण संस्था बाहेक अन्य कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन  वा स्वीकृत नदिने प्रावधान विधेयकमा राखिएको छ । अब राष्ट्रिय सभाले पारित गरेपछि यो विधेयक प्रतिनिधि सभामा जानेछ ।

प्रतिक्रिया