Edukhabar
सोमबार, ०३ बैशाख २०८१
विचार / विमर्श

नागरिक शिक्षा : स्थानीय पाठ्यक्रममा किन ?

विद्यालय उमेर समूहका बालबालिकाहरुमा सभ्यता, शिष्टता, अनुशासन, सामाजिक, सरल, ईमानदार, कर्तव्यनिष्ठ जस्ता असल आचरण निर्माण गर्नको लागि स्थानीय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नागरिक शिक्षाको बिषयबस्तुलाई समावेश गर्न आवश्यक छ ।

शुक्रबार, ०९ चैत्र २०८०

समाजमा बालबालिकाहरु अनुशासित, सभ्य, घरायसी काममा लगनशील नभएको गुनासो छ । विद्यार्थीमा पठनपाठन प्रति रुची कम हँुदै गएको शिक्षकहरुको भनाई छ । आजका बालबालिकाहरु भोलिका नागरिक हुन् । देशका हरेक क्षेत्रका निर्णायक शक्ति हुन् । दक्ष जनशक्ति हुन् । उनीहरुले सानै उमेरदेखि आपसी सद्भाव, प्रजातन्त्रिक आचरण, सद्भाव, सहयोग र परोपकारी जस्ता भावनाको विकास गरी दैनिक जीवनमा लागु गर्नु पर्दछ । यसको लागि नागरिक शिक्षाको बिषयवस्तु आवश्यक ठानिन्छ । 

नागरिक शिक्षाले व्यक्तिलाई आफु केन्द्रीत स्वार्थबाट माथि उठ्न सिकाउँछ । अरुका भावनाको कदर गर्न र आपसी समझदारी बढाउन सक्ने भावनात्मक क्षमताको विकास गर्न सहयोग गर्दछ । नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित बालबालिकाहरुमा वहुजातीय मुूल्य, मान्यता, रहन सहन अन्तरगतका सबैका विचार र भावनाहरु अटाउन सक्ने फराकिला संस्कारहरुको विजारोपण हुन्छ । त्यसैले विद्यालय उमेर समूहका बालबालिकाहरुमा सभ्यता, शिष्टता, अनुशासन, सामाजिक, सरल, ईमानदार, कर्तव्यनिष्ठ जस्ता असल आचरण निर्माण गर्नको लागि स्थानीय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नागरिक शिक्षाको बिषयबस्तुलाई समावेश गर्न आवश्यक छ । 

बालबालिकाहरुलाई कस्तो शिक्षा प्रदान गरी कस्तो व्यक्ति, समाज र देश निर्माण गर्ने भन्ने कुरा पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइले निर्धारण गर्ने कुरा हो । राज्यले अनुशासित, प्रजातान्त्रिक, परिश्रमी, देशलाई माया गर्ने नागरिक उत्पादन गर्ने उद्देश्य राखेको छ । यस अर्थमा शिक्षाको राष्ट्रिय उद्देश्य अनुरुपका नागरिक उत्पादन गर्नको लागि तदनुरुपको पाठ्यक्रम तथा पाठ्यपस्तक आवश्यक हुन्छ । यस सन्दर्भमा नागरिक शिक्षाले कलिलो उमेरका बालबालिकालाई शिष्ट, सभ्य, ईमान्दार, कर्तव्यनिष्ठ, लोकतान्त्रिक तथा चरित्रवान बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्दछ । नागरिक शिक्षाले बालबालिकालाई सामाजिकीकरण गर्न,  संगै बस्न, संगै काम गर्न, एकले अर्काको सम्मान गर्न सिकाउँछ । यसको साथै नागरिक शिक्षाले विभिन्न जातजाति, भाषाभाषी र समुदायहरुका बिचमा सबैका साँंस्कृतिक तथा सामाजिक मुल्य र मान्यताहरुलाई स्वत स्फुर्त रुपमा स्वीकार गर्नसक्ने क्षमता र उदार व्यवहारको विकास गराउन मद्धत गर्दछ । 

अब्राहम लिङ्कनले समाजका बालबालिकालाई शिक्षा दिन सकियो भने प्रौढहरुलाई सिकाउनु नै पर्दैन भनेका छन् । लिङ्कनले भने जस्तो बालबालिकालाई नागरिक शिक्षाले प्रशिक्षित बनाउन सकेमा आदर्श समाज निर्माण गर्न सकिन्छ । शिक्षाको नयाँ संरचना अन्तरगत कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिएको छ । एक देखि आठ कक्षासम्मको १०० पूर्णाड्ढको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न पाउने अधिकार पनि स्थानीय तह अन्तरगत राखिएको छ  । यस सन्दर्भमा स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्दा नागरिक शिक्षाको बिषयबस्तुलाई समावेश गरी बालबालिकालाई सानैदेखि अनुशासित, सकारात्मक तथा सहयोगी बनाउनु पर्दछ ।  

पाठ्यक्रम भनेको बालबालिकाको सर्वाङ्गीण विकास गर्नको लागि तयार गरिएको  शैक्षिक योजना हो । पाठ्यक्रम अन्तरगत नै पाठ्यपुस्तक तयार गरिने हुनाले विद्यालय तहको पाठ्यक्रम बनाउँदा नागरिक शिक्षालाइ प्राथमिकता दिइनु पर्दछ । शिक्षा र आचरण निर्माणको बिचमा बलियो सम्बन्ध हुनु पर्दछ । आचरण विनाको शिक्षाले मानवीय मूल्य र मान्यताहरुलाई हेक्का राख्दैन । अहिले शिक्षाबाट उत्पादित जनशक्तिमा सद्विचार, सद्भाव, राष्ट्रियता, स्वदेशीपन, कर्मशीलता अत्यन्त कमजोर भएको सामाजिक बुझाई छ । नेपाली समाजको चरित्र भित्र हुर्कदै गईरहेको पारिवारिक कलह, विग्रह, असमझदारी, टुट, फुट, सम्बन्ध बिच्छेद, साइबर अपराध, जस्ता तथ्याङ्कहरुले सामाजिक अनुशासन कमजोर भएको देखाउँछन् । यस सन्दर्भ विद्यालय शिक्षादेखि नै हाम्रा बालबालिकालाई सभ्य, शिष्ट, इमानदार, कर्तव्यनिष्ठ बनाउनु पर्ने अवश्यकता छ । यसको लागि नागरिक शिक्षालाई विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समावेश गर्नु जरुरी देखिन्छ ।  

मानिसको जीवनमा सानै उमेरमा सिकेको ज्ञान अत्यन्त प्रभावकारी हुन्छ भन्ने मनोविद्हरुको निष्कर्श छ । नेपाली समाज वहुसांस्कृतिक, वहुधार्मिक, वहुजातिय, र वहुभाषिक चरित्रको छ । हाम्रो जस्तो वहुआयामिक समाजमा हरेक व्यक्तिमा समाजमा रहेका विविधतालाई सम्मान गर्न सक्ने लोकतान्त्रिक आचरण चाहिन्छ । बालबालिका भिन्न धर्म, जातजाति, संस्कृति र संस्कारका साथीसंगीहरुसंग अन्तरकृया गरिरहेका हुन्छन् । विद्यालय तथा समुदायमा एक अर्काका संस्कार र संस्कृतिहरुसंग घुलमिल हुनको लागि नागरिक शिक्षाको बिषयबस्तुको ज्ञान चाहिन्छ । यसर्थ आधारभूत शिक्षा आर्जन गर्ने बालबालिकाको उमेर समूहका बालबालिकाको लागि नागरिक शिक्षा अनिवार्य सर्त हो ।

आजका बालबालिकामा प्रजातान्त्रिक आचरणको विकास हुन सकेमा भोलिको समाज प्रजातान्त्रिक बन्न  सक्दछ । सामाजिक मेलमिलाप झाँगिन सक्दछ । बालबालिकामा सबै भन्दा माथि जन्मभूमि हुन्छ भन्ने महिमा बुभ्mनको लागि नागरिक शिक्षाको ज्ञान चाहिन्छ । नागरिक शिक्षाले व्यक्तिगत स्वार्थलाई सामुहिक हितको अगाडि त्याग गर्नसक्ने उदार भावनाको विकास गराउँछ । प्रशिद्घ विद्वान स्मीथले नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रुपान्तरण गर्न मद्घत गर्ने ज्ञानको स्रोत हो भनेका छन् । नेपाल अनेकतामा एकता भएको राष्ट्र हो । एक सय २५ भन्दा बढि जाति र एक सय २३ भाषाहरु भएको समाज हो । यो विविधता भित्र हरेक समुदायका आ–आफ्नै मुल्य, मान्यता, भाषा,  संंस्कति र संस्कारहरु छन् । यी विविध मूल्य र मान्यताहरु बिचको सामाजिक एकता नै आज तथा भोलिको आवश्यकता हो । यस्तो वहुआयामिक समाजमा सामाजिक एकताको लागि नागरिक शिक्षाको बिषयबस्तु अत्यन्त आवश्यक हुन्छ ।  

नागरिक शिक्षा सामाजिकीकरण र असल आचरण निर्माणको माध्यम मात्र होइन, समाज परिवर्तनको संवाहक पनि हो । नागरिक शिक्षाले व्यक्तिको मानवीय व्यवहार र मनोवृत्तिमा परिवर्तन ल्याउन मद्दत गर्दछ । समाजमा विभिन्न आर्थिक, सामाजिक, राजनितिक, शैक्षिक लगायतका मानिसहरुको बसोवास हुन्छ । यी विविध स्तरको अवस्था र चेतनाको आधारमा सामाजिक ब्यवहार निर्धारण हुन्छ । समाजको स्वरुप निर्धारण हुन्छ । यो विविधतापुर्ण संरचना भएको सामाजिक आयाम भित्र व्यक्तिका शील, स्वभाव, आचरण र सोचाईहरु पृथक–पृथक हुनु स्वभाविक हो । यी विविध विचारहरुको समायोजन गरी सामाजिक एकता र आपसी मेलमिलाप समाजको आवश्यकता हो । यस सन्दर्भमा आज विद्यालय तहका बालबालिकालाई समाजका वहुजातिय संस्कार, रितिरिवाज, मुूल्य र मान्यताहरुका बीचमा समायोजनकारी भूमिका खेल्न सक्ने लोकतान्त्रिक व्यक्ति निर्माण गर्नको लागि नागरिक शिक्षाको दिक्षा महत्वपुर्ण हुन्छ । 

अन्त्यमा,, बुद्घले मन नै सबथोक हो, हामी जे सोच्छांै त्यही हुन्छौं भने झैं मानिसको मनलाई परिष्कृत बनाउने माध्यम सोचाई हो । चिन्तन हो । नागरिक शिक्षाले मानिसका सोचाई तथा विचारहरुलाई सम्पादन, संशोधन, परिमार्जन एवम् परिवर्तन गर्न मद्दत गर्दछ । शिक्षा शास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवन चर्यामा परिणत गर्ने काम घर–परिवार समुदाय, विद्यालय लगायतका निकायहरुको भूमिका महत्वपूर्ण हुन्छ भनेका छन् । यसको अर्थ समाजका बालबालिकाले घर, परिवार, समाज तथा विद्यालयमा जस्तो शिक्षा आर्जन भयो, त्यही अनुरुपको व्यक्ति बन्दछन् भन्ने हो । यसर्थ बालबालिकालाई मानवीय गुणहरुले सम्पन्न व्यक्ति एवम् व्यक्ति बनाउनको लागि स्थानीय तहहरुले निर्माण गर्ने पाठ्यक्रममा नागरिक शिक्षाको बिषयबस्तुलाई समावेश गर्न अनिवार्य छ ।

प्रतिक्रिया