Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

प्राथमिक तहमा ४४६२ दरबन्दीमा विज्ञापन खुल्यो [कुन जिल्लामा कति पदमा विज्ञापन खुल्यो विवरण सहित ]

१८ वर्ष पुरा भएका ४० ननाघेकाले प्राथमिक तहको शिक्षा बन्न दर्खास्त दिन सक्नेछन् । दर्खास्त दिन प्राथमिक तहको स्थायी अध्ययन अनुमति प्राप्त गरेको हुनु पर्ने प्रावधान छ ।

शनिबार, १५ बैशाख २०८१

भक्तपुर–शिक्षक सेवा आयोगले असार तेस्रो साता परीक्षा लिने गरी प्राथमिक तह तृतीय श्रेणीको लागि चार हजार चार सय ६२ पदको लागि खुला विज्ञापन खुलाएको छ । आयोगले कोशीमा १ हजार ७७, मधेशमा ५ सय ८, बाग्मती प्रदेशमा सबैभन्दा बढी एक हजार एक सय तीन, गण्डकीमा ८ सय, लुम्बिनीमा ४ सय ९५, कर्णालीमा १ सय ७७, सदुरपश्चिममा ३ सय २ पदको लागि विज्ञापन खुलाएको हो । एक सय भन्दा बढी पदमा विज्ञापन खुलेको जिल्ला ११ छन् ।

आयोगका अनुसार  अर्घाखाँचीमा १ सय ७७ नवलपरासी पूर्वमा १ सय १६, , स्याङ्जामा १ सय ८८, तनहुँमा १ सय ७२, चितवनमा १ सय ४, मकवानपुरमा २ सय ८, काभ्रेपलान्चोकमा १ सय ६३, नुवाकोटमा १ सय ३, सिन्धुपाल्चोकमा १ सय २, धनुषामा १ सय ७, खोटाङमा १ सय १८, झापामा १ सय ६ पदको लागि विज्ञापन भएको छ । 

खुलामा सबैभन्दा बढी २ हजार ४ सय ५० पदमा विज्ञापन भएको छ । त्यस्तै  महिलामा ६ सय ४२, दलित महिलामा २०, मुस्लिम महिला २, आदिवासी जनजाति ५ सय ३४, तराई मधेशमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका ४ सय ४८, दलितमा १ सय ८२, अपाङ्गता १ सय ६, पिछडावर्गका ७८ जनाको कोटा निर्धारण गरिएको आयोगले जनाएको छ ।

असार २२ मा परीक्षा लिने गरी विज्ञापन खुलाइएको हो । १२ कक्षा उत्तीर्ण गरेकाले ५ सय रुपैयाँ दर्खास्त शुल्क बुझाएर परीक्षामा सहभागी हुन सक्नेछ । जेठ १३ सम्म दर्खास्त दिन सकिने आयोगले जनाएको छ । १८ वर्ष पुरा भएका ४० ननाघेकाले प्राथमिक तहको शिक्षा बन्न दर्खास्त दिन सक्नेछन् । दर्खास्त दिन प्राथमिक तहको स्थायी अध्ययन अनुमति प्राप्त गरेको हुनु पर्ने प्रावधान छ । प्राथमिक तह भन्दा माथिल्लो अध्ययन अनुमति प्राप्त गरेको व्यक्तिले समेत विज्ञापनमा उम्मेदवार हुन सक्नेछ । शिक्षा विषय अध्ययन नगरेकाले भने १० महिने तालिम पुरा गरेको हुनु पर्ने सर्त  छ  ।  

 

 

 

प्रतिक्रिया