काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा बरिष्ठ अधिकृत रहने गरी संसदीय समितिले सहमती गरेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतबार बसेको बैठकमा बोर्डमा रहेका अस्थायी करार कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी र गोल्डेन ह्याण्डसेक दिने सहमती भएको छ । बोर्डमा एक सय ७१ जना अस्थायी करार कर्मचारी छन् ।
बोर्डमा कार्यरत कर्मचारी बोर्डमा स्वीकृत करारका कर्मचारी निर्धारण मापदण्ड बमोजिम सुविधा दिने व्यवस्थामा सहमती भएको हो ।
नेपाल शिक्षा सेवाको राजपत्राँकित प्रथम श्रेणीको अधिकृत वा बोर्डको बरिष्ठतम् अधिकृत मध्येबाट मन्त्रालयले तोकेको अधिकृत सदस्य सचिव हुने विधेयकमा प्रस्ताव थियो । उपसमितिले पनि यही प्रस्तावमा सहमती जनाएको थियो । तर शिक्षा मन्त्री रघुजी पन्तले मन्त्रालयको अवधारणा भन्दै तयार पारेको दस्तावेजमा भने बोर्डकै वरिष्ठतम् अधिकृतलाई सदस्य सचिव बनाउने उल्लेख थियो । समितिले सोही प्रस्तावमा सहमती गरेको हो ।
प्रतिक्रिया