Edukhabar
बुधबार, २५ असार २०८२
खबर/फिचर

विश्वविद्यालयको सिनेट : बजेट र नीति कार्यक्रम पारित

विश्वविद्यालयका ६८ शैक्षिक कार्यक्रममा ३४ हजार छ सय ७९ विद्यार्थी अध्ययनरत

बुधबार, २५ असार २०८२
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौ - आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेट सहित नीति तथा कार्यक्रम पारित गरी पोखरा विश्वविद्यालयको २५ सिनेट सम्पन्न भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारी सम्बन्धी नियमावली, २०५५ र  आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समिति सम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।

बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूूलक र प्रतिस्पर्धीरुपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमै उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुु पर्ने बताए ।  

सहकुलपति एवं शिक्षामन्त्री रघुुजी पन्तले २१ औँ शताब्दीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा लाग्नु पर्ने बताए । उपकुलपति प्रा.डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोत साधनको उपयोग गरी विश्व बजारको माग अनुसारको शिक्षा दिन विश्वविद्यालयले प्रयास गर्ने बताए । 

विश्वविद्यालयमा चार सङ्काय अन्तर्गत चार आङ्गिक महाविद्यालय, तीन संयुक्त आङ्गिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालय मार्फत ६८ शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । विश्वविद्यालय अन्तरगत ३४ हजार छ सय ७९ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया