विपद् व्यवस्थापन विद्यालय सुरक्षाको एउटा समग्र उपाय (Holistic approach) हो । जसले विद्यालयमा आइपर्ने प्राकृतिक तथा कृत्रिम जोखिमहरुको नियन्त्रण, प्रतिरक्षा तथा रोकथाम सम्बोधनको उपायहरुको प्रयोग गरी बालबालिकाको सुरक्षा गर्दछ, जसले गर्दा विद्यालय एउटा सृजनशील सिकाइको थलोको रुपमा स्थापित हुन्छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीले नेपाललाई प्राकृतिक विपद् उन्मुख मुलकको रुपमा रहेको भनी सूचिकृत गरेको छ । जलवायु परिवर्तनको कारण विश्वकै चौथो विपद उन्मुख तथा बाढी पहिरोको दृष्टिकोणले तीसौं सङकटासन्न मुलुक भन्नी सुचिकृत समेत गरेको छ ।
विपद्कै कारण हरेक बर्ष नेपालमा बालबालिकाको शिक्षामा नकारात्मक प्रभाव पर्दै आएको छ । पछिल्लो विपद्, गत असोज १७ गतेको अविरल वर्षाले निम्त्यायो । विद्यालय शिक्षामा अवरोध पुग्यो । भौतिक संरचनाहरु समेत नष्ट भयो । समग्र समाजसँगै स्वभाविक रुपमा शिक्षक विद्यार्थी समेत प्रभावित भए । कतिपय विद्यालयहरुलाई बाढिपहिरो पिडितको लागि आश्रय स्थलको रुपमा प्रयोग गर्ने गरी तीनै तहको सरकारले निर्णय गर्यो । लगातार वर्षाको कारण देशभरि आएको भीषण बाढी पहिरोको कारण नेपालको विद्यालय शिक्षा जोखिममा रहेको सन्दर्भलाई मध्यनजर गर्दे त्यस्ता विपद्हरुबाट विद्यालयलाई जोगाउन र ती विपद्को सामना गरी असर न्युनीकरण गर्न ध्यान केन्द्रित गर्नु पर्ने भएको छ । सुरक्षित विद्यालय, सृजनशील सिकाइको लागि तीनै तहको सरकारहरुको प्राथमिकतामा विद्यालयहरुको भौतिक निर्माणमा थप गम्भिरता अपरिहार्य भएको छ ।
विपद्को प्रभाव
विपद्को अवस्थामा विद्यालय बन्द हुदाँ बालबालिकाहरु साथीहरुसंग खेल्न नपाउँदा, सिमित क्रियाकलापमा बाँधेर बस्नु पर्दा मनमा डर, क्रास, चिन्ता, असुरक्षा जस्ता समस्याहरु विद्यार्थीमा बढ्न सक्छ
स्वास्थ्य मनोसामाजिक विकासमा नकारात्मक असर पर्न सक्छ ।
पाठयक्रमले तोकेको पाठ्यभार तथा पाठ्यघण्टा बमोजिम शिक्षण सिकाइ हुन नसक्नुले सिकाइ उपलब्धीको दर न्युन हुन जान्छ ।
स्थानीय तहको भुमिका
विद्याय शिक्षाका लागि आवश्यक मापडण्ड विकास तथा कार्यान्वयन गरी सुरक्षित विद्यालय पुर्वाधार विकास गर्ने ।
सबै विद्यालयमा सिकाइको लागि आवश्यक भौतिक सुविधा सुनिश्चित गर्न पुर्वाधार विकास मर्मत तथा सवलीकरण गर्ने ।
जलवायु परिवर्तनको असर बाट सुरक्षित हुन आवश्यक पुर्वाधार बनाउन परामर्श गर्ने ।
विद्यालयलाई सुरक्षित बनाउन आवश्यकता अनुसार सवलिकरण तथा पनः निर्माण एवम मर्मत सम्भार गर्ने ।
पुर्वाधार निर्माण सँगै सुरक्षित विद्यालय एवम वातावरणीय पक्षलाई एकिकृत प्रणालीको विकास गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने ।
विद्यालयको सुरक्षाको लागि स्थानीय समुदाय, गैर सरकारी संस्था लगायतलाई प्रभावकारी परिचालन गर्ने ।
विपद् व्यवस्थापन प्रतिकार्यको संयन्त्र र कार्य ढाँचा विकास गर्ने
विपद्को अवस्थामा वैकल्पिक सिकाइ विधि प्रयोग गरी बालबालिकाको सिक्न पाउने अधिकारको सुनिश्चितता गर्ने ।
विद्यालय सुरक्षा न्युनतम प्याकेज लागु गराउन वि.व्य.स. तथा शिक्षकलाई अभिमुखिकरण गर्ने ।
विद्यालय स्तरीय प्रतिकार्य योजना तयार गर्ने ।
स्थानीय स्तरमा शिक्षा समु्ह निर्माण तथा परिचाल गर्ने ।
स्थानीय तहका विपद् व्यवस्थापन समितिको सक्षमता विकास गर्ने ।
उपरोक्त भुमिका तथा रणनीतिहरुको प्रभावकारी कार्यान्वयनबाट सुरक्षित विद्यालय निर्माण हुने तथा बालबालिकालाई सृजनशील सिकाइमा सहभागि हुने अवसर प्राप्त हुने छ ।
सुरक्षित विद्यालयको लागि विपद् व्यवस्थापन हुन अति आवश्यक हुन्छ ।
विपद् व्यवस्थापनका मुख्य चरण
– Preparedness : शिक्षक, विद्यार्थी, अभिवाकहरुलाई विपद्को जोखिमबारे जनचेतना जगाउने, तालिम दिने स्रोत साधन तयार राख्ने जस्ता कार्यमा स्थानीय सरकारको ध्यान जान जरुरी छ ।
– Mitigation : विपद् नहोस्, असर कम होस्, भनेर योजना बनाउने । जस्तैः सुरक्षित विद्यालय भवन, कक्षा कोठा निर्माण ।
– Response : विपद्बाट भएको क्षतीको विवरण सम्बन्धित निकायले संकलन गरी आवश्यकता अनुसार कार्य अगाडी बढाउने ।
– Reconstruction : क्षतीग्रस्त क्षेत्रमा आवश्यक निर्माण र जनजीवनलाई सामान्य अवस्थामा फिर्ता ल्याउन आवश्यक व्यवस्थापकीय कार्य गर्ने ।
विपद् रोकथाम तथा प्रतिकार्य, बालसुरक्षा तथा विद्यालय शान्ति क्षेत्रको अवधारणा समावेश भएको एकिकृत विधि हो ।
विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीको लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने ।
विपद् पश्चात पठनपाठन सुचारु गर्न , तयारी अवस्थामा बस्ने ।
आपतकालिन अवस्थाको सामना गर्न मनोवल विकास गर्ने ।
सुरक्षित विद्यालयमा मात्र सुरक्षित सिकाइ सुविधा रहने तथ्य बोध गर्ने ।
विद्यालयमा वृहत विद्यालय सुरक्षालाई संस्थागत गर्ने ।
विपद् पछिको उद्धारमा आधारित शिक्षा संचालन गर्ने ।
सुरक्षित विद्यालयका तीन स्तम्भ
१. Physical safety
२. Psychological safety
३. Educational Continuity
विपद्को कारण शिक्षा प्रदान गर्ने कार्य रोकिने कल्पना गर्नु हुँदैन । पछिल्लो समय प्रविधिमा भएको विकासले पनि सिकाइको आयाम बदलेको छ । अनलाईन माध्यम सम्भव नभए सुरक्षित र पायक पर्ने स्थानमा अस्थायी प्रवन्ध तोकेर पनि सिकाइलाई निरन्तरता दिन सकिन्छ ।
अन्त्यमा,
विद्यालयमा आईपर्ने विपद्को व्यवस्थापन, सुरक्षित विद्यालय र सृजनशील सिकाइ, यी तीनै पक्ष एक अर्कासंग अन्तर सम्बन्धित छन् । विपद् व्यस्थापन कार्य ढाँचाले विद्यार्थीलाई सुरक्षित रहन सिकाउने जिम्मेवारी बोध गराउँछ । यो सुरक्षित वातावरणले विद्यार्थीलाई सृजनात्मक हुन सहयोग गर्दछ । सृजनशील सिकाइले विपद् व्यवस्थापन जस्ता विषय व्यवहारिक रुपमा सिकाउन सहयोगी रहन्छ ।
तसर्थ, विपद् व्यस्थापन, सुरक्षित विद्यालय र सृजनशील सिकाइ एक आपसमा सम्बन्धित रहेकोले समग्रमा गुणस्तरीय, सुरक्षित र व्यवहारिक शिक्षा सुनिश्चित गर्छ । यस्तो वातावरणमा विद्यार्थीले केवल सुरक्षित महशुस गर्ने मात्र हैन उनीहरुमा आत्मविश्वास, सिर्जनशीलताको पनि विकास हुन्छ । नेपालमा विपद्को क्षेत्रमा सकृय निकाय राष्ट्रिय विपद् जोखिम न्युनिकारण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को सक्षमता विकास गरी स्थानीय र प्रदेश सरकारको समन्वय तथा सहकार्यमा द्रुत कार्य टोली (Rapid action team ) रहनुपर्ने आवश्यकता बोध हुँदै गएको छ ।
शिक्षा मन्त्रालयका उपसचिव यादव, शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख हुन् ।
प्रतिक्रिया