Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

अनेरास्ववियु (क्रान्तिकारी)को प्रदर्शन

विहीबार, ११ चैत्र २०७२

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणमा ‘लिपुलेक’को विषय उठाउन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले राजधानीमा प्रदर्शन गरेको छ । 

सङ्गठनले बुधबार माइतीघर मण्डलमा प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शन गरेको हो । सङ्गठनका अध्यक्ष रत्न ढकालले चीन भ्रमणमा प्रधानमन्त्रीले लिपुलेकको विषयलाई प्राथमिकता नदिएको भन्दै गुनासो गरेका थिए ।  

गत जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका सिलसिलामा नेपाली भूमि लिपुलेकलाई दुई देशले व्यापारिक मार्गका रुपमा विकास गर्ने सम्झौता भएपछि त्यसको विरोध हुँदै आएको छ । 

रासस 

 

प्रतिक्रिया