Edukhabar
शनिबार, १० जेठ २०८२
अन्तैवाट

बाजुराका विद्यार्थी एसएलसीबाट बञ्चित !

मंगलबार, १६ चैत्र २०७२

काठमाडौँ, १६ चैत्र । एसएलसी परीक्षामा जिल्लामा ८६ जना विद्यार्थी सहभागि हुन नपाउने भएका छन्। विद्यालयले तय गरेको आधारभूत मापदण्ड पूरा नगरेका र परीक्षा फारम नभरेका ८६ जना विद्यार्थीले परीक्षा दिनबाट बञ्चित भएका हुन्।

परीक्षा दिन बञ्चित विद्यार्थी मध्ये ६० जना बढीको ७५ प्रतिशत विद्यालयमा हाजिरी नदेखिएको र अन्यले फारम नभरेकोले परीक्षा दिन नपाउने जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताए। विद्यार्थीले परीक्षा दिन अनिवार्य ७५ प्रतिशत विद्यालय हाजिर भएको हुनु पर्ने प्रावधान छ।

जिल्लामा खुला, नियमित र एग्जाम्टेड गरी ४ हजार ७ सय ६४ जनाले परीक्षा दिने भएका छन् । ती मध्ये १ हजार ७ सय ४ जना आंसिक र ३ हजार ६० जना नियमित छन्। चैत्र १८ गतेबाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

प्रश्न पत्र, उत्तर पुस्तीका, केन्दाध्यक्ष, सहकेन्द्राध्यक्ष समेत सम्बन्धीत परीक्षा केन्द्रमा पुगिसकेका छन् । यो वर्ष १४ वटा परीक्षा केन्द्रमा एसएलसी परीक्षा सञ्चालन हुने भएको छ । परीक्षालाई मर्यादित र शान्त बनाउन सुरक्षा व्यवस्था समेत कडाई पारिएको छ । एसएलसी परीक्षाकै लागि थप सुरक्षाकर्मी समेत जिल्ला आएका छन् ।

२५ जना विद्यार्थी बराबर एक जना गार्ड रहने व्यवस्था छ । प्रत्येक परीक्षा केन्द्रमा एक जना श्रोत व्यक्ति र दिन बिराएर विद्यालय निरिक्षक, जिल्ला परीक्षा समितिका पदाधिकारी लगायतले पनि निरीक्षण गर्ने व्यवस्था मिलाइएको छ । परीक्षामा सम्बन्धीत विद्यालयका प्रावि र निमाविका शिक्षकहरु गार्ड रहने छन्।

 

नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया