Edukhabar
शनिबार, १० जेठ २०८२
अन्तैवाट

चिट चोराउने शिक्षक निष्कासित

शनिबार, २० चैत्र २०७२

काठमाडौँ, २० चैत्र । एसएलसी परीक्षाको दोस्रो दिन शुक्रबार सुनसरीमा सहभागी परीक्षार्थीलाई सिकाउने र चिट चोराउने चार जना परीक्षा निरीक्षकलाई निस्कासन गरिएको छ।  सदरमुकाम इनरुवाको राजाजी माविका विश्वास चौधरी र ओमप्रकाश मेहतालाई निस्कासन गरिएको हो। यस्तै, सररस्वती मावि ववियाका लालदेव यादव र सूर्यनारायण यादवलाई पनि निस्कासन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। 

'परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकाले गर्दा चार जना शिक्षक गार्डलाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको छ,' सहायक जिल्ला शिक्षा अधिकारी पिताम्बर गौतमले भने।  सुनसरीमा विगतका बर्षमा जस्तो अभिभावक परीक्षा केन्द्र बाहिर चिट चोराउने उद्देश्यले भेला हुन छाडेका छन्। तर, परीक्षा सञ्चालनका लागि बस्ने शिक्षक गार्डलाई अनेक प्रलोभन पारेर चिट चोराउन प्रोत्साहन गर्ने गरेकाले त्यसबारे शिक्षा कार्यालयले विशेष निगरानी गरेर अनुगमन गदैं आएको जानकारी दिइयो। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया