Edukhabar
शनिबार, १० जेठ २०८२
खबर/फिचर

बर्दिया २५ औँ पूर्ण साक्षर जिल्ला घोषणा

आइतबार, २८ चैत्र २०७२

काठमाडौँ – बर्दिया जिल्ला साक्षर जिल्लाका रुपमा घोषणा भएको छ । आइतबार शिक्षामन्त्री गिरीराजमणि पोखरेलले एक विशेष औपचारिक कार्यक्रमका बीच बर्दिया जिल्लालाई २५ औं पूर्ण साक्षर जिल्ला घोषणा गरेका थिए ।  

जिल्लाका शैक्षिक सरोकार निकायले बर्दियालाई साक्षर घोषणा गर्न आ–आफ्नो ठाँउमा सहयोग गरेको भन्दै उनले समग्र मुलुकलाई साक्षर घोषणा गराउने अभियानमा आफू सफल हुने पनि दाबी गरे ।

बर्दियाको १५ वर्ष देखि ६० बर्ष उमेर समुहको ९६.४१ प्रतशित साक्षर छन् भने १५ देखि ६० वर्ष उमेरको कुल तीन लाख ३५ हजार ९१६ मध्ये तीन लाख २३ हजार ८५८ जनसङ्ख्या साक्षर छन् । 

पाँच वटा नगरपालिका र १८ गाँउ पालिका रहेको जिल्लालाई साक्षर जिल्ला घोषण गराउन लागि माध्यमिक तहका कक्षा ९ र १० का विद्यार्थीलाई प्रयोगात्मक अभियानमा सहभागी गराइएको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिए । 

प्रकाशित मिति २०७२ चैत २९ गते ।

 

प्रतिक्रिया