Edukhabar
शनिबार, १० जेठ २०८२
खबर/फिचर

नतिजा प्रकाशित

मंगलबार, ३० चैत्र २०७२

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले विभिन्न विषयको परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत फागुन महिनामा सञ्चालित परीक्षा अन्र्तगत इन्जिनियरिङ्ग कार्यक्रम तर्फका विभिन्न विषयको तथा भदौ असोजमा संचालित प्राविधिक एस.एल.सी. तर्फको नतिजा प्रकाशन गरिएको हो ।

जस अनुसार डिप्लोमा ईन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा ईन इलेक्ट्रिकल इन्जिनियरिङ्ग, डिप्लोमा ईन इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, डिप्लोमा ईन  इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, डिप्लोमा ईन जिओमेटिक्स ईञ्जिनियरिङ्गको नतिजा प्रकाशित भएको छ ।

यस्तै डिप्लोमा ईन आर्कीटेक्चर ईञ्जिनियरिङ्ग, डिप्लोमा ईन मेकानिकल इन्जिनियरिङ्ग, डिप्लोमा ईन अटोमेकानिकल इन्जिनियरिङ्ग, डिप्लोमा ईन ईन्फरमेशन टेक्नोलोजी (आई.टी.) को नतिजा प्रकाशन भएको छ । यसैगरी डिप्लोमा ईन कम्प्यूटर इन्जिनियरिङ्ग, कार्यक्रम तर्फको प्रथम वर्ष प्रथम खण्ड, द्वितीय वर्ष प्रथम खण्ड, तृतीय वर्ष प्रथम खण्ड को आंशिक परीक्षा तथा  डिप्लोमा इन वायोमेडिकल इक्विपमेण्ट इन्जिनियरिङ्ग कार्यक्रम तर्फको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको कार्यालले जनाएको छ ।

नतिजा थाह पाउनका लागि यहाँ क्लिक गर्नुहोस् :

http://ctevt.org.np/

यसैगरी गत भदौ असोजमा संचालित प्राविधिक एस.एल.सी. तर्फ ANM, Lab, LPAH, Vet Science, EDF, PJTA, civil sub overseer, AAHW, SM, JCT, Electrical Sub Overseer, Amin, CMA कार्यक्रमको नियमित तथा आंशिक तर्फकोे परीक्षाफल समेत प्रकाशित गरेको कार्यालयले जनाएको छ ।

सिटिईभिटि परीक्षा नियन्त्रण कार्यालयद्वारा हालसम्म वितरण गरिदै आएको प्राविधिक एस.एल.सी. तहको सम्पूर्ण कार्यक्रमको मूल प्रमाणपत्र बैशाख २ गते देखि लागु हुने गरी मूल प्रमाण पत्रको ढाँचा परिर्वतन गरेको समेत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७२ चैत ३० गते

प्रतिक्रिया