Edukhabar
आइतबार, ११ साउन २०८२
खबर/फिचर

एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक हुँदै, नतिजा एडुखबरमै हेर्न सकिने

विहीबार, ०२ असार २०७३

काठमाडौँ – गत बर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा बिहीबार (आज) प्रकाशित हुदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार अपरान्हसम्म नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक कृष्ण काप्रीले जानकारी दिए ।

‘नतिजा निकाल्ने सम्पूर्ण तयारी पुरा भइसकेको छ’ एडुखबरसंग उनले भने ‘बोर्ड बैठक बसेर अपरान्हसम्म निर्णय गर्नेवित्तिकै नतिजा सार्वजनिक गर्छौँ ।’  यस बर्ष एसएलसी परीक्षाको इतिहासमै अन्तिम परीक्षा र त्यसमा पनि ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन हुने भएको छ । नयाँ शिक्षा ऐन लागु हुनेवित्तिकै आधारभुत र माध्यामिक शिक्षा गरी अब एसएलसी बोर्ड सरहको परीक्षा बोर्ड कक्षा १२ मा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक काप्रीका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत‘‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा नतिजा प्रकाशित गरिनेछ ।

ग्रेडिङ सिस्टममा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार विभिन्न नौ तह ‘इ’ देखि ‘ए प्लस’ मा विभाजन गरेर नतिजा प्रकाशन गरिनेछ । गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी थिए। मधेसी मोर्चाको करिब चार महिना लामो आन्दोलन र भारतको नाकाबन्दीका कारण चैत्र पहिलो साता हुने परीक्षा गत बर्ष तेश्रो साता मात्रै भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन् भने आंशिकतर्फ १ लाख ५९ हजार ४ सय १७ जना परीक्षार्थी सहभागी छन् ।  यस्तै प्राविधिक विषयमा ३ हजार दुई सय जना परीक्षार्थी छन्। 

नतिजा एडुखबर डटकम र एडुनेपाल एप्समा पनि हेर्न सकिनेछ ।

प्रकाशित मिति २०७३ असार २ गते ।

प्रतिक्रिया