Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षामन्त्रीमा पौडेल पक्का

आइतबार, ३० साउन २०७३

काठमाडौं ३० साउन / प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिनपछि आज तेस्रो पटक मन्त्रीपरिषद्  विस्तार गर्नेक्रममा शिक्षा मन्त्रीको जिम्मा डिआर पौडेललाई दिइएको छ । स्रोतका अनुसार तेस्रो पटकको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रले पौडेलको नाम सिफारिश गरेको हो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णग गरेको  जनाएको छ ।

पढ्नुहोस् : नयाँ शिक्षा मन्त्री पौडेल, मन्त्री चयन ढिलो हुनुका भित्रि कुरा

माओवादी केन्द्रले शिक्षा मन्त्रीमा धनीराम पौडेललाई (डीआर पौडेल) पठाउने तय गरेको छ । मंगलबार दिउँसो बस्ने माओवादीको बैठकले यसको औपचारिक निर्णय गर्ने छ । यस अघि हितराज पाण्डे र धनीराम पौडेल मध्ये एक जनालाई शिक्षा मन्त्री बनाउने भनिए पनि आन्तरिक समिकरण मिलाउँदा पौडेललाई शिक्षा र पाण्डेलाई स्थानीय विकास मन्त्री बनाउने तयारी भएको माओवादीका एक नेताले जानकारी दिए ।

ओली सरकारमा मन्त्री भएकालाई नदोहोर्याउने पार्टिको निर्णय संगै चर्चा भएर पनि यस अघिका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको सट्टा उक्त खेमाबाटै पौडेलाई चयन गरिएको ती नेताले बताए । पोखरेल र पौडेल एकता केन्द्र पृष्ठभूमिका भएकोले मात्रै हैन यी दुई नेता विचको केमेष्ट्रि धेरै कोणबाट मिल्छ  ।

यी दुई नेताको सम्बन्ध विद्यार्थी संगठन देखिनै थियो । आफू केन्द्रिय अध्यक्ष भएको बेला चितवन जिल्ला अध्यक्ष रहेका पौडेललाई पोखरेलले केन्द्रिय समितिमा मनोनित गरेका थिए । त्यसैले आफू जान नपाए पछि आफ्नै समूहबाट पौडेललाई पठाउन पोखरेलले तिब्र लविङ् गरेका ति नेताले बताए ।

यदी अहिले सम्मको गठजोडमा कुनै फेरबदल नभएमा पौडेल र पोखरेलको सम्बन्धको संयोग ३२ वर्ष पछि पुन एक पटक शिक्षा मन्त्रालयमा पटाक्षेप हुने सम्भावना बढि रहेको ती नेताले बताए ।
चितवनका पौडेल समानुपातिक कोटाबाट सांसद भएका हुन् ।

एकता केन्द्रको लिगेसीलाई ध्यान दिनु पर्ने बाध्यताले कसलाई मन्त्री बनाउने भन्ने कुराले माओवादीमा तिब्र दवाव परेको थियो । यो संगै सत्ता साझेखार दलविचको गठजोडको दवाव त छँदै थियो । माओवादीले आन्तरिक गठजोड मिलाएर काँग्रेस संग सहमती गरेपछि मात्रै यो निर्णय गर्ने टुङ्गोमा पुगेको हो ।

माओवादीको यो निर्णय संगै काँग्रेस नेता अर्जुन नरसिंह केसीलाई शिक्षा मन्त्री बनाउने केही कर्मचारीको लविङ् तुहिएको छ । आफूले चाहेको मन्त्रालय नपाएको झोंकमा अन्तिम समय सपथ ग्रहणमा नगएका केसीलाई मन्त्री बनाउन शिक्षा मन्त्रालयका काँग्रेस निकट केही उच्च कर्मचारीनै जुटेका थिए । उनीहरुलाई राष्ट्रिय परीक्षा बोर्डका काँग्रेस निकट कर्मचारीले समेत साथ दिएको श्रोतले दावी गरेको छ ।
त्यसैले गर्दा सोमबार भएको दोश्रो चरणको मन्त्रीपरिषद् विस्तारमा पनि शिक्षा मन्त्रीको टुङ्गो नलागेको श्रोतको दावी छ ।

तिव्र राजनीतिक दाउपेच र प्रभावले ग्रस्त तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारी समेत बोर्डको गठन संगै आफ्नो प्रभाव कम भएको ठहर सहित यो लविङ्मा जुटेका थिए । बोर्डको गठन संगै आफ्नो प्रभाव कम भएको ठहर सहित उनीहरु यस अघि आफ्नै पार्टिबाट मन्त्री हुँदा भएको विवादित छविलाई सुधार गर्न पनि यसपटक काँग्रेसले छाड्न नहुने भन्दै लविङ्मा थिए । बोर्डमा पदाधिकारी सहित सदस्य सचिव समेत खाली भएको अवस्थामा आफू अनुकूल मन्त्री बनाउन सकियो भने पुरानै हालिमुहाली कायम गर्न सकिने उनीहरुको दाउ रहेको श्रोतको दावी छ ।

काँग्रेस सभापति शेरवहादुर देउवा क्याम्पकी हस्ति भनेर चिनिने चित्रलेखा यादव विवादमा परिन् । त्यस पछि माओवादीका गिरिराजमणि पोखरेल तुलनात्मक रुपमा स्वच्छ छविका भनेर चिनिए । उनले लामो समय अड्केर बसेका नीतिगत निर्णयहरु गरेका कारण पनि उक्त ख्याती पाए ।

प्रकाशित मिति २०७३ साउन ३०

प्रतिक्रिया