Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा अस्ट्रेलिया

अष्ट्रेलियाका सबै विश्वविद्यालय महंगा मात्रै छैनन्

विहीबार, ०६ असोज २०७३

काठमाडौं - अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी असोज ८ गते शनिबार देखि काठमाडौंमा शैक्षिक मेला हुँदै छ । अष्ट्रेलियमा जाने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्शदातृ संस्थाहरुको संगठन नेप्लिज एशोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ नायरले गर्न लागेको मेलामा विभिन्न ३० वटा स्टल रहने छन् भने अष्ट्रेलियाका विभिन्न ५ विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिने मेलाका संयोजक विज्ञान श्रेष्ठले जानकारी दिए ।

उक्त मेलाको सन्दर्भमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थी, अष्ट्रेलियाको अवस्था र विद्यार्थीले ध्यान दिनु पर्ने विषयमा यूनिक्याम्पसका प्रवन्ध निर्देशक तथा नायरका कोषाध्यक्ष समेत रहेका श्रेष्ठसंग गरिएको कुराकानी :

  • किन नेपाली विद्यार्थी बाहिर जान्छन् ?

प्लस टु सकेपछि अथवा ब्याचलर सकेपछि नेपाली विद्यार्थी विदेशिने क्रम निकै पहिले देखिकै हो । गुणस्तरीय शिक्षा र जीवन शैलीले नै हो नेपालीविद्यार्थीलाई विदेशले तानेको । पढेर सकेपछि पाहिने अवसरका कारणले युवाहरुलाई विदेशले आर्कषित गरेको हो । कति विद्यार्थीले चाहेको विषय नपाएर पनि विदेशिन्छन् ।

  • तपाईहरु त अष्ट्रेलिया नै केन्द्रित भएर काम गर्दै हुनुहुन्छ । अष्ट्रेलिया प्रति नेपाली विद्यार्थीको रुचि चाँही कस्तो छ त ? 

विदेश जाने मध्ये धेरै विद्यार्थी जाने भनेको देश नै अष्ट्रेलिया र अमेरिका हो । यूकेमा रुचि घट्यो । किन भने त्यहाँ पढेर सकेपछिको अगाडिको अवसर कम छ । त्यही कुरा अष्ट्रेलियामा राम्रो छ । अष्ट्रेलिया जाने मुख्य कारण नै पढेर सकेपछिको स्टेप क्लियर छ । जस्तो अहिले त्यहाँको सरकारले दुई बर्ष पढेर सक्ने विद्यार्थीलाई थप दुई बर्ष काम गर्ने अनुमति दिन्छ । जसले गर्दा पढ्दा भएको खर्च उठाउन र केही थप कमाई गर्न सक्छ । अष्ट्रेलियाको पढाई महंगो छ तै पनि त्यहाँको  भविष्यका योजनाहरु राम्रा छन् । सरकारले नै त्यस्तो नीति बनाईदिएको छ जसले गर्दा पढेर भ्याए पनि विद्यार्थी त्यहाँ बस्न सक्छ ।

अर्को कुरा गुणस्तरीय शिक्षाका लागि संसारकै उच्च श्रेणीका विश्वविद्यालय छन् त्यहाँ । त्यहाँ पढेर भ्याएपछि अष्ट्रेलियामै बस्नु पर्छ भन्ने छैन । संसारका जुनसुकै ठाउँमा उनीहरु प्रतिस्पर्धा गर्न सक्छन् र खपत हुन सक्छन् ।

यस्तै अर्को कुरा भनेको त्यहाँ मल्टि कल्चर छ । विभिन्न देशका विद्यार्थी छन् त्यहाँ, त्यसले गर्दा विद्यार्थीलाई संसार बुझ्न पनि मद्धत गर्छ । 

  • तपाईहरु अष्ट्रेलिया नै केन्द्रित भएर काम गर्नु हुन्छ, त्यसैले राम्रै मात्र कुरा गर्नुभा होला !

राम्रो नराम्रो भन्दा पनि विद्यार्थीले के योजना बनाएर अष्ट्रेलिया जान खोजेको हो भन्ने मुख्य कुरा हो । विद्यार्थीले टन्न कमाउँछु भन्ने सोचेर गयो भने यो गन्तब्य उसको लागि नराम्रो हुन सक्छ । किन भने नपढिकल त त्यहाँ केही हुने वाला छैन । पढ्छु भनेर गएपछि सबै भन्दा पहिला आफूले डिग्री लिन पर्यो । हैन म पढ्छु मेरो करियर बनाउँछु भन्ने चित्र दिमागमा लिएर गयो भने पक्कै पनि राम्रो हुन्छ ।

  • विद्यार्थीलाई कस्तो चित्र लिएर जाउ भन्ने सल्लाह हो त तपैंको ?

सबै भन्दा पहिलो कुरो म त्यहाँ गएर पढ्छु तोकिएका ेकोर्ष भ्याउँछु भनेरै जानु पर्यो । यहाँबाट पढ्छु भनेर ाजने तर त्यहाँ कहिले काँही मात्रै कलेज जाने गर्दा फेल हुन्छ, त्यसले भिसा लम्ब्याउन गाह्रो हुन्छ त्यसबाट दिर्घकालिन योजना बनाउन झन् गाह्रो हुन्छ । साधारण कुरो छोटो योजना हैन की पछि सम्म्को लागि सोचेर ध्यान दिनु पर्यो ।

फरक नीति, जीवन शैली, मान्छे र संस्कृति भएको ठाउँमा भिज्न त पक्कै समय लाग्छ । नेपालकै एक शहरबाट अर्को शहर जाँदा त कति समस्या हुन्छ भने यो त अर्कै मूलूक हो ।

  • त्यसो हो भने अष्ट्रेलिया जाने विद्यार्थीले गर्नु पर्ने तयारी के के हुन् त ?

सबै भन्दा पहिला आफूलाई पढ्न मन लागेको विषयका बारेमा स्पष्ट हुन पर्यो । साथी भाईका लहै लहै, वाउ आमा, अथवा आफन्तको करमा हैन । अर्को कुरा खर्च कति लाग्ने हो ? कसरी तिर्न सकिन्छ ? आफ्नो आमा वावुको हैसियत कस्तो हो ? त्यो कुरा विद्यार्थीले ध्यान दिनु पर्यो ।

अष्ट्रेलियाका सबै विश्वविद्यालय महंगा मात्रै छैनन् । प्लस टु गरेको विद्यार्थीलाई बर्षको १० –१२ हजार डलर तिरेर पढ्न पाउने सरकारी विश्वविद्यालयहरु पनि छन् । टी ए एफ ई कलेज भन्नाले सरकारी विश्वविद्यालयहरुमा धेरै खालका अवसर हुन्छन् । ब्याचलर गरेको विद्यार्थीले बर्षको १७ हजार डलर सम्म तिर्दा पढ्न सकिन्छ । हो, ती कलेजको छनौट प्रकृया अलिकति प्रतिस्पर्धि छन् । तर पढ्नै चाहने विद्यार्थीलाई त्यो निकै राम्रो विकल्प हुन सक्छ । मैले अघि नै भनेँ नी जव पढ्न जान हो भने त विद्यार्थीले मेहनेत पनि त गर्नु पर्यो ।

हैन आमा वावुले पैसा खर्च गर्न सक्छन् भने प्रतिस्पर्धा कम हुने तर गुणस्तर समान हुन अरु विश्वविद्यालयमा जाँदा पनि भयो । मुख्य कुरा आफ्नो आर्थिक हैसियत हेरे कलेज विश्वविद्यालय छनौट गर्नु पर्यो ।
तर हाम्रोमा अक्सर हे छ भने जे सुकै होस् सबै भन्दा पहिले भिसा चाहियो भन्दै महंगो सस्तो नहेरी जान्छन् । जसले गर्दा पछि विभिन्न समस्या हुन्छ । त्यसैले सबै भन्दा मुख्य कुरा योजना नै हो । किन अष्ट्रेलिया ? भन्ने कुराको उत्तर सहि तरिकाले दिनु पर्यो ।

अर्को रुचि भएको विषय छनौट हो । ताकी भिसा पाहिन्छ भन्ने लोभले रुचि नै नभएको विषयमा जाँदा समस्या हुन्छ ।

पढेर सकेपछि के भविष्य हुन्छ भन्ने सोच्नु पर्यो । अरु कागजपत्र बनाउने, कसलाई स्पोन्सर राख्ने भनेको त सामान्य प्रकृयाका कुरा हुन् ।

  • तपाईहरु जस्तो परामर्श दिन बसेका संस्थाहरुले विद्यार्थीलाई सही तरिकाले बुझाउन नसक्दा समस्या बढेको भन्ने सुनिन्छ नी त, विद्यार्थीलाई सही परामर्श दिन तपाईहरुको भूमिका के त ?

कुनै पनि विद्यार्थी हामीकहाँ आउने वित्तिकै हामी उसलाई साध्छौं – तिम्रो रुचिको विषय के हो ? किन अष्ट्रेलिया नै जान खोजेको ? तिम्रो परिवारको आर्थिक अवस्था कस्तो छ ? विद्यार्थीको मनस्थीति बुझेपछि बल्ल हामी उसको लागि के ठिक भन्ने निक्र्यौल गर्छौ ।

  • अधिकांश परामर्शदाताहरु त विद्यार्थीलाई जसरी हुन्छ पठाई हालौं भन्ने तरिकाले काम गर्छन् भन्ने आरोप सुनिन्छ त !

सबै क्षेत्रमा राम्रो नराम्रो हुन्छ । तपाईले भनेको जस्तो हाम्रो क्षेत्रमा नराम्रो पनि होला । कुनै विद्यार्थीलाई सक्दै नसक्ने कोर्ष, आर्थिक क्षमताले नभ्याउने विश्वविद्यालय छनौट गर्ने पनि होलान् तर त्यस्तो गर्नु हुँदैन । यसमा विद्यार्थी अभिभावक पनि अलिकति सचेत त हुनै पर्छ । किन भने रोग लागिसकेपछि यो रोग यो डाक्टरले निको पार्छ भन्न्े थाह नपाए सम्म त १० जना डाक्टरकोमा गए पनि निको त हुन्न । रोग निको पार्न सही डाक्टरकोमै जानु पर्छ भन्या जस्ते हो यो पनि ।

  • तपाईले भनेकै अनुसार सही डाक्टर छनौट कसरी हुन सक्छ त ?

यसका लागि शैक्षिक मेला एक महत्वपूर्ण ठाउँ हो । असोज ८ गतेबाट हामीले शुरु गर्न लागेको मेला पनि त्यसका लागि उपयुक्त गन्तब्य हुन सक्छ । नेप्लिज एशोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ ’नायर’ भनेको अष्ट्रेलियमा जाने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्शदातृ संस्थाहरुको मात्रै संगठन भएकोले पक्कै पनि यहाँ धेरै जानकारी मिल्छ ।

यो संगठनमा धेरै सदस्य नै छैनन् । किन भने यो विशुद्ध अष्ट्रेलियाका लागि मात्रै काम गर्ने संस्थाहरुको संगठन हो । हामीसंग अहिले २२ संस्था आवद्ध छन् । छन् त अष्ट्रेलियाका लागि काम गर्ने अन्य कन्सल्टेन्सि पनि छन् । तर हामीसंग सदस्य हुन अगाडी उसको पृष्ठभूमि, अष्ट्रेलियाको शिक्षा बारेमा कस्तो जानकारी छ ? बजारमा उसको छवि कस्तो छ भन्ने विस्तृत बुझेर मात्रै सदस्य दिने भएकोले हामीसंग अष्ट्रेलियाको शिक्षा बारेमा प्रष्ट चित्र छ, जुन कुरा यो मेलामा विद्यार्थीले एकै ठाउँमा पाउन सक्छन् ।

अहिले मेलामा आउने विद्यार्थीलाई प्रोसेसिङ् फि फ्रि गरेका छौं । सामान्यतया एक जना विद्यार्थीको प्रोसेसिङ् फि १०–१५ हजार रुपैंया भने पनि छुट हुनु भनेको विद्यार्थीका लागि फाईदा जनक न हो नी । आर्थिक मात्रै हैन मेलामा अष्ट्रेलियाका विभिन्न ५ वटा विश्वविद्यालयका प्रतिनिधि पनि आउने हँुदा विद्यार्थीले उनीहरुबाटै सही परामर्श पाउने भए । ती विश्वविद्यालयले निर्धारण गरेको छात्रबृत्ति समेत विद्यार्थीले पाउन सक्छन् । कति विद्यार्थीले छात्रवृत्ति नपाए पनि ए स्कलरसिपका लागि यस्तो हुँदो रैछ भन्ने मात्रै थाह पाए भने पनि त भविष्यमा उनीहरुलाई फाईदै हुन्छ ।

प्रतिक्रिया