भक्तपुर - कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो ।
रुटिन हेर्नुहोस् :
यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गरिएको हो ।
पहिलो २ - ३ वटा परीक्षालाइृ मात्रै पछि सारेर अरु यथावत गर्ने विकल्पमा समेत छलफल भएपनि बोर्डले असार ८ गते गर्ने निर्णय गरेको हो ।
'देशको विशेष परिस्थितीका कारण मिति परिवर्तन गर्नु परेको हो, तोकिएको मितिमा सफलतापूर्वक परीक्षा सम्पन्न गर्न बोर्ड तयार छ' नियन्त्रक डम्बर कुमार बतासले भने ।
यस अघि कक्षा १२ को परीक्षा ब्यवस्थि तगर्न नसकेको भन्दै नियन्त्रक सन्तोष अर्याललाई पदमुक्त गरेर बतासलाई जिम्मेवारी दिईएको हो । उनका सामू परीक्षा ब्यवस्थि तगर्ने काम चुनौती पूर्ण छ ।
हुनत देश पछि पछितिर सरिरहेको बेला परीक्षा पछि नसर्ने कुनै दुबिधात्मक कुरै होइन।एसमा बिध्यार्थी सचेत हुने क सरकार।।
दुई दुई पटक परिक्षा सर्ने गरि चुनाबको मिति तोक्ने बिबेकहिन सरकार ।
Bala saans ma saans natra tensonle marekae thyo exam date fix navayer
ka ho yesto google le ta bataudaina ta yesto routine
yasarii ta vayan ni. student power dekhaunu nai parxa ki kya hoooo
Yo Rastiye Parixa bord le pani kk garxa kk yo 31 gate vanda agadi gareko vaye thik huntheu
असार को बिचमा गरिएको परिक्षा को परिक्षाफल कैले आउला? कक्षा १२ पास गरी ११ को एउटा दुईवटा बिषयको परिक्षा दिएका बिध्यार्थी कैले सम्म अन्यौल बस्ने?
I think we will need phone no of officer because without access of net how to find out routine and other information at time ? our exam routine dependent on Local election if local election is going change the other date and our exam routine goes to change or do as given date
YASTO PANI HUNX ALI DHILO vako vaya huntyo ni