Edukhabar
शनिबार, १४ चैत्र २०८२
खबर/फिचर

प्रधानाध्यापककै प्रमाणपत्र नक्कली

मंगलबार, १० बैशाख २०७६

काठमाडौं - नेपाल जनता प्राथमिक विद्यालय, नवलपरासीका प्रधानाध्यापक अर्जुनप्रसाद यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 

उनको प्रमाणपत्रका बारेमा परेको उजुरीको अनुसन्धान गर्दा उक्त तथ्य फेला परेको अख्तियारले जनाएको छ । यादवले पेश गरेको माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट उत्तीर्ण गरेको हाई स्कुलको प्रमाणपत्र  झुट्ठा रहेको र उक्त शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी शिक्षक पदमा बहाल रही लाभ समेत लिएको देखिँदा उक्त कार्य भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया