Edukhabar
आइतबार, ०६ जेठ २०८१
खबर/फिचर

एक वर्षे बिएडको सट्टा पोष्ट ग्राजुयट डिप्लोमा

एक दुई रात गेस पेपर पढेर पास भएपछि त्यही मान्छे शिक्षक बन्थ्यो, अहिलेको कार्यक्रम फरक छ । दुई सेमेष्टर पढेर कक्षामा कम्तीमा ४ महिना जानै पर्ने हुन्छ ।

बुधबार, २३ फागुन २०८०

काठमाडौं - शिक्षक बन्न चाहनेले अब घरमै बसेर त्रिभुवन विश्वविद्यालयको डिग्री हासिल गर्न पाउने भएका छन् । अन्य विषयमा स्नातक तह अध्ययन सकेका विद्यार्थीले शिक्षक बन्न चाहेमा शिक्षा संकायको कार्यक्रम घरमै बसेर अनलाइन कक्षा लिने र शिक्षण अभ्यासमा मात्रै उपस्थित हुने गरी नयाँ कार्यक्रम तय भएको हो । जागिर गर्दै पढ्ने विद्यार्थीलाई लक्षित गरेर विश्वविद्यालयले दुई वर्षअघि स्थगित गरेको एक वर्षे बिएडको परिस्कृत कार्यक्रम अघि सारेको हो । पोष्ट ग्रयाजुयट डिप्लोमा नाम दिइएको कार्यक्रम तीन सेमेष्टर पढ्नु पर्ने हुन्छ । जसमा निश्चित विषय अनिवार्य हुन्छ भने गणित, विज्ञान लगायत अरु विषय ऐच्छिक छ । 

तीन समेष्टर चल्ने कार्यक्रममा दुई सेमेष्टर कक्षा हुनेछ भने एक सेमेष्टर विद्यालयमा गएर शिक्षण अभ्यास (टिचिङ इण्र्टन) गर्नु पर्ने त्रिभुवन विश्वविद्यालयका शिक्षा संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकीले बताए । एक वर्षे बिएडमा एक महिना शिक्षण अभ्यास गरे हुन्थ्यो भने यो कार्यक्रममा कम्तीमा ४ महिना टिचिङ इण्टर्न गर्नै पर्ने उनले बताए । 

यो कार्यक्रम सुरु गर्न डीन कार्यालयले चितवन, कास्की, बुटवल, सुर्खेत र नेपालगञ्जमा अध्यापनरत शिक्षकहरुका लागि प्रशिक्षण चलाइरहेको छ । 

स्नातक तह अरु विषयमा गरेर शिक्षक बन्न चाहनले यो कार्यक्रम अध्ययन गर्न सक्छन् । काम गर्दै पढ्ने विद्यार्थी भएकोले एक तिहाई मात्रै फेस टु फेस कक्षा हुने गरी कार्यक्रम चलाउने रणनीति

‘अरु विषयमा स्नातक गरेपछि शिक्षक बन्न चाहनेले एक वर्षे बिएडमा भर्ना हुन्थे । एक दुई रात गेस पेपर पढेर जाँच दिन्थ्ये । त्यही मान्छे शिक्षक बन्थ्यो । यो ठिक भएन भनेर त्यसलाई स्थगित गर्यौं' शिक्षा संकायका डीन बुढाथोकीले भने,‘अहिले तालिम प्राप्त शिक्षक बनाउन लागेका छौँ । विद्यार्थीको मुल्याङकन गर्न र सीप सिक्ने पाठ्यक्रम बनाएका छौँ ।’

स्नातक तह अरु विषयमा गरेर शिक्षक बन्न चाहनले यो कार्यक्रम अध्ययन गर्न सक्छन् । काम गर्दै पढ्ने विद्यार्थी भएकोले एक तिहाई मात्रै फेस टु फेस कक्षा हुने गरी कार्यक्रम चलाउने रणनीति बनाएको बुढाथोकीले बताए । 
‘फेस टु फेस मात्रै चलाउने क्यापस पनि हुन सक्छ । विद्यार्थी धेरै भयो भने दुबै चलाउन पनि सकिन्छ,’उनले भने,‘अनलाईनलाई बढी प्राथमिकता दिन्छौँ ।’ 

पहिलो चरणमा त्रिविको १३ वटा आंगिक क्याम्पसमा यो कार्यक्रम अघि बढाउन लागिएको बुढाथोकीले बताए ।

शिक्षाशास्त्र केन्द्रीय विभाग विश्वविद्यालय किर्तिपुर, महेन्द्ररत्न क्याम्पस तहाचल, सानोठिमी क्याम्पस भक्तपुर,  पृथ्वीनारायण क्याम्पस पोखरा, बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवन, बुटवल बहुमुखी क्याम्पस बुटवल, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत,  महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरा, धनकुटा बहुमुखी क्याम्पस धनकुटा, महेन्द्ररत्न क्याम्पस इलाम, सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पस सिराह, ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजमा सुरु गर्न लागेको डीन कार्यालयले जनाएको छ । 

एक सेमेष्टरको १८ हजार रुपैयाँ शुल्क लाग्ने छ । यदि अनलाइन पढ्ने हो भने ६ हजार रुपैयाँ थप लाग्नेछ । 

फोटो : त्रिभुवन विश्वविद्यालयको वेबसाईटबाट 

प्रतिक्रिया