Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
खबर/फिचर

जग्गाधनी पुर्जा छपाई अब जनक शिक्षाबाट

शुक्रबार, ०९ कार्तिक २०८१

काठमाडौँ–सरकारले जनक शिक्षा सामाग्री केन्द्रलाई पाठ्यक्रम पुस्तक बाहेक नागरिकले दैनिक प्रयोग गर्ने कागजपत्र पनि छपाई गर्न दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाई गर्न स्वीकृत दिने निर्णय गरेको हो । 

केन्द्रले यसअघि पनि हुलाक टिकट, पुर्जा छपाई गर्दै आएकोमा गत वर्ष सुरक्षित मुद्रण ऐन आएपछि रोकिएको थियो ।

ऐनमा सुरक्षित मुद्रण केन्द्रले नसकेमा सरकारी अरू निकायबाट छपाई गर्न सकिने तर, सरकारले स्वीकृत दिनु पर्ने प्रावधान छ । सरकारले निर्णय गरेपछि भने अब गत वर्षसम्म गर्दै आएको काम केन्द्रले नियमित गर्न पाएको हो । 

 

प्रतिक्रिया