काठमाडौ - निर्वाचन पछि आफ्नो नेतृत्वमा सरकार बनेमा मन्त्रीपरिषद्बाट तत्काल निर्णय गरेर विद्यार्थीलाई २० लाख रुपैंया सम्मको निर्व्याजी ऋण र शिक्षकको मर्यादाक्रम तोक्ने नेकपा एमालेले घोषणा गरेको छ । बिहीबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ सहितको घोषणा पत्र सार्वजनिक गरेको छ ।
तत्कालै गर्ने काममा उल्लेख विभिन्न ११ बुँदा मध्ये चौथो, पाँचौ र सातौ बुँदामा शिक्षाका विषय उल्लेख गरेको छ ।
शिक्षा र अनुभवको ग्यारेण्टि शिर्षकमा प्राविधिक र उच्च शिक्षाका लागि निव्र्याजी क्रृण दिने, सरकारी र निजी क्षेत्र र अध्यापनका क्षेत्रमा न्यूनतम पारिश्रमिकको व्यवस्था गर्ने, विद्यार्थीलाई २० लाख रुपैंया निव्र्याजी क्रृण, पारिश्रमिक सहितको ईण्टर्नसीप दिन् विषय उल्लेख छ ।
यस्तै सबै किशोरीहरुलाई निःशुल्क प्याड, १० कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजा, शिक्षकको मर्यादा र सामाजिक सुरक्षा शिर्षकमा शिक्षकको मर्यादाक्रम तोक्ने उसको घोषणा छ । सामुदायिक र निजी विद्यालयका सबै शिक्षकलाइ योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ ।
यसैगरी समृद्धिका २५ स्तम्भ अन्तरगत १४ औं नम्बरमा शिक्षाका विषय उल्लेख गरिएको छ ।
पढ्नुस् ती विषय
- सामुुदाायिक विद्याालयको शैैक्षिक पूूर्वाधारमा रााज्यको लगानी बढााउँँदैै उद्यमशीलता, साामााजिक उत्तरदाायित्व, नवप्रवर्ततनशील सोेच र रााष्ट्रिय साामथ्र्यय अभिवृृद्धिमा योगदाान गर्न सक्ने जनशक्ति निर्माण तर्फ शिक्षाा क्षेत्रलााई अभिमुख गर्नेछौंं ।
- विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँँदैै पूूर्व प्रााथमिक शिक्षाा सहित सबैै बालबालिकाको शिक्षामा समान पहुँँच सुुनिश्चित गर्नेछौंं । आर्थिक, भौगोलिक वा शाारीरिक अवस्थााकाा कारण कोही पनि बालबालिका विद्यालय शिक्षाबाट र किशोर–किशोरी प्राविधिक वा उच्च शिक्षाबाट बञ्चिति हुुने अवस्था अन्त्य गर्नेछौंं ।
- शिक्षा प्रणालीलाई भर्ना र परीक्षा केन्द्रित मात्र नराखी राष्ट्रप्रेम, उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्ततनशील सोंंच र राष्ट्रिय सामथ्र्य अभिवृृद्धिमा योगदान गर्न सक्ने जनशक्ति निर्माण तर्फ अभिमुुख गर्नेछौंं । यसका लाागि समसामयिक, व्यवहारिक, नैैतिक, रााष्ट्रभक्ति मूूलक र डिजिटल –मैैत्री पाठ््यक्रम तथा शैैक्षिक सामग्री विकास गर्नेछौंं ।
- शिक्षाको गुुणस्तर सुुधारका लागि शिक्षकको क्षमता, वृृत्ति विकास र मर्यादा अभिवृृद्धि गर्दैै उच्च योग्यताका उत्कृृष्ट जनशक्ति लाई शिक्षण पेशामा आकर्षित गर्नेछौंं ।
- विद्यालय शिक्षा ऐन र उच्च शिक्षा सम्बन्धी ऐन जारी गर्नेछौंं । विश्व विद्याालयमा देखिएका बेथितिको अन्त्य गर्दैै प्रााज्ञिक स्वाायत्तताा कायम गर्ने छौंं ।
- शैैक्षिक पूूर्वाधाारमा रााज्यको लगाानी बढााउँँदैै विद्याालयमा सुुरक्षित वातावरण, प्रयोेगशाालाा, पुुस्तकालय, खाानेपाानी, स्वास्थ्य, सरसफाइ, पोषणयुक्त दिवा खाजा तथा विश्वस्तरको सिर्जनाात्मक र व्यावसायिक
अध्ययनको व्यवस्थाा गर्नेछौंं । विद्यालय, विश्वविद्यालय र शैैक्षिक प्रतिष्ठानलाई उत्तरदाायित्व सहित स्वायत्त संंस्थाको रूपमा विकास गर्नेछौंं ।
- रााष्ट्रिय क्षमता, क्षेत्रगत आवश्यकताा र अन्तराष्ट्रिय प्रवृृत्तिका आधारमा प्राविधिक र साधारण शिक्षाको सन्तुुलन मिलाउँँदैै मानव पूँँजी निर्माण गर्नेछौंं । विज्ञाान, प्रविधि, अनुुसन्धाान र नवप्रवर्ततनलाई एकीकृृत गर्न सरकार, विश्वविद्याालय, अनुुसन्धान संंस्था र निजी क्षेत्रको सहकार्यमाा विज्ञाान पार्कक, प्रविधि पार्क, नवप्रवर्तन केन्द्र, इन्क्युुबेसन सेण्टर तथा ग्राामीण नवप्रवर्ततनशाला स्थाापना गर्नेछौंं । शिक्षा–अनुुसन्धाान–उद्यमशीलताको सम्बन्ध सुुदृढ गर्दैै युुवालााई स्वदेशमैै रोेजगाारीका अवसर सिर्जजना गर्नेछौंं ।
- आधुुनिक शिक्षासँँगैै नेपाालको मौलिक शिक्षाको पुुनर्जागरण गर्दैै नेपाललाई शान्ति अध्ययन, योग, आयुुर्वेद, ध्यान, मानसिक स्वाास्थ्य र पूूर्वीय दर्शनको अन्तराष्ट्रिय केन्द्रका रूपमा विकास गर्नेछौंं ।
- शिक्षा, विज्ञान र प्रविधिमा नीति , पूूर्वाधार, लगानी, सुुशासन र नवप्रवर्तन केन्द्रित योजनाहरू कार्यान्वयन गर्दैै शैैक्षिक क्यालेण्डरको पालना, रोजगारमुुखी प्राविधिक शिक्षा र “पढ््दैै कमाउँँदैै, कमाउँँदैै पढ््दैै” कार्यक्रम माार्फत उच्च शिक्षाका लागि विदेश जाने प्रवृृत्ति घटाउनेछौंं ।
- विद्यार्थी संंख्या न्यूून भएका सामुुदायिक विद्यालय गाभ्ने, शिक्षक दरबन्दी मिलान गर्ने, आवासीय व्यवस्था गर्ने तथा छात्रवृृत्ति र सहुुलियत कार्यक्रमलाई एकीकृृत र प्रभावकारी बनाउनेछौंं । उच्च शिक्षामा अनुुसन्धान तथा विकासमा राज्यको लगानी बढाई ‘विश्वविद्यालय–उद्योग सहकार्य’ विस्ताार गर्नेछौंं ।
- प्राविधिक दक्षता, नैैतिकता, देशभक्ति, उत्तरदायित्व र सामाजिक जिम्मेवारीबोध सहितका गुुणवान नागरिक उत्पादन गर्ने समावेशी र प्रविधि मैैत्री शिक्षा प्रणाली स्थापना गर्नेछौंं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा सार्वजनिक गरेको घोषणा पत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त लेखिएको छ । लोडसेडिङ अन्त्यका् जस आफैंलाई दिदैं एमालेले विकास निर्माणका काममा उल्लेखनीय प्रगती गरेको दावी गरेको छ । गत भदौमा भएको जेनजी विद्रोहका कारण सत्ताच्युत भएको उक्त दलले औपचारिक रुपमा उक्त विद्रोहमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उक्त बिद्रोह प्रति असहिष्णु बन्दै आएको एमालेले यो निर्वाचनलाई देश बनाउनेर भत्काउने बीचको जनमत संग्रहका रुपमा आफ्नो घोषणापत्रमा ब्याख्या गरेको छ । यस पटकको निर्वाचनलाई राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष भन्दै उसले आगजनी भएका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरु बनाउने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।
प्रतिक्रिया