Edukhabar
शुक्रबार, १३ चैत्र २०८२
खबर/फिचर

पोखरेल शिक्षामन्त्री नियुक्त, युवा तथा खेलकुदको पनि जिम्मेवारी

जेन जी बिद्रोहको जगमा भएको निर्वाचनको म्याण्डेड अनुसार नयाँ सरकार गठन, उक्त बिद्रोहका बेला प्रधानमन्त्री रहेका ओलीले भने वहिष्कार गरे सपथ ग्रहण समारोह

शुक्रबार, १३ चैत्र २०८२

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का नेता सस्मित पोखरेल नयाँ शिक्षामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा शुक्रबार आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अन्य मन्त्रीसँगै उनले पनि पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी तोकिएको छ । मन्त्रालयको संख्या घटाउने रास्वपाको नीति अनुसार अहिले भएका विभिन्न २२ मन्त्रालयमा प्रधानमन्त्री बालेन्द्र शाह सहित १५ जना मन्त्रीलाई बाँडफाँट गरी जिम्मेवारी तोकिएको छ ।

यस अघि प्रधानमन्त्री शाहलाई राष्ट्रपति पौडेलले सपथ खुवाएका थिए ।

जेन जी बिद्रोहको जगमा भएको निर्वाचनको म्याण्डेड अनुसार नयाँ सरकार गठन भएको हो । उक्त बिद्रोहका बेला प्रधानमन्त्री रहेका एमालेका अध्यक्ष केपी ओलीले भने सपथ ग्रहण समारोह वहिष्कार गरे । अन्य पूर्व प्रधानमन्त्रीहरु मध्ये पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई कार्यक्रममा सहभागी भए पनि उनी भएनन् । अन्तरिम सरकारका प्रमुख पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी थिए । निर्वाचन अघिनै विदेश हानिएका अर्का पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा  भने अहिले सम्म स्वदेश फर्किएका छैनन् । 

नयाँ मन्त्रीमण्डल यस प्रकार छ 

• बालेन्द्र शाह - प्रधानमन्त्री रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति

• डा. स्वर्णिम वाग्ले - अर्थ

• सुदन गुरुङ - गृह 

• शिशिर खनाल - परराष्ट्र  

• सुनिल लम्साल - भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास

• विराजभक्त श्रेष्ठ - ऊर्जा, जलस्रोत तथा सिँचाई

• खडक पौडेल (गनेस) - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 

• सस्मित पोखरेल - शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद

•  निशा मेहता - स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी 

• डा. विक्रम तिमल्सिना - सञ्चार तथा सूचना प्रविधि 

• प्रतिभा रावल - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन

• सोविता गौतम  - कानुन, न्याय तथा संसदीय मामिला

• गीता चौधरी - कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण  

• दीपक साह - श्रम रोजगार 

• सीता बादी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक 

प्रतिक्रिया