Edukhabar
बुधबार, २५ चैत्र २०८२
गतिविधि

निजी विद्यालयहरुले लिने शुल्कको गुनासो सुन्न 'हेल्प डेक्स' स्थापना

कसैको सिकायत वा गुनासो भएमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशकलाई फोन गरी सहायता प्राप्त गर्न सकिने व्यवस्था

बुधबार, २५ चैत्र २०८२

काठमाडौ - निजी विद्यालयहरुले लिने मनपरी शुल्क नियन्त्रण गर्न सकृय भएको शिक्षा मन्त्रालयले बढी शुल्कको गुनासो सुन्न सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरेको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई सम्पर्क व्यक्ति तोकि उक्त डेक्स स्थापना गरिएको मन्त्रालयले जनाएको छ । राठौरको फोन नम्बर ९८५१२१४६३८ मा फोन गरेर कसैको सिकायत वा गुनासो भएमा सहायता प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

शुल्क सम्बन्धि सिकायत एवं गुनासोको रिपोर्टिङ तथा सहजीकरण प्रयोजनका लागि उक्त डेक्स स्थापना गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । 

यस अघि शैक्षिक सत्र प्रारम्भ हुनुु अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । अदालतको आदेश पछि  स्विकृत मापदण्ड विपरित हुने गरी बढी शुल्क असुली नगर्न शिक्षा मन्त्रालयले निर्देशन गरे पनि केही निजी विद्यालयहरुले अटेरी गर्दै आए पछि उक्त डेक्स स्थापना गर्नु परेको मन्त्रालयले जनाएको छ । जब जब नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ निजी विद्यालयको शुल्क र भर्नाको विषय पेचिलो बन्दै आइरहेको छ । 

प्रतिक्रिया