काठमाडौं ३ असार/ परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ ।
४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परीक्षा दिएकामा अनिवार्य ६ वटामध्ये ए प्लस ल्याउने सबैभन्दा कम नेपालीमा छन् । नेपालीमा १ सय ८१ जनाले मात्रै ए प्लस अर्था् ९० भन्दा बढी अंक ल्एाका छन् । अँग्रेजीमा ९ हजार ४ सय १०, गणितमा २८ हजार १३, विज्ञानमा ७ हजार ५ सय ४४ जनाले ए प्लस ल्याएका छन् । नेपालीपछि सामाजिक कमजोर देखिएको छ ।
कान्तिपुरका प्रकाशित खबर ।
प्रतिक्रिया