काठमाडौं ५ असार/धुलिखेल क्याम्पस परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरीनारायणस्थान माविका रोमिश लामाको नाममा परीक्षा दिइरहेका ज्ञानकुञ्ज उच्च माविका अरुण केसीलाई प्रहरीले पक्राउ गरेको हो । साथीको नाममा परीक्षा दिइरहेका केसी ज्ञानकुञ्जबाट कक्षा ११ को परीक्षामा नियमित सहभागी छन् । अघिल्लो वर्ष अंग्रेजी विषयमा अनुत्तीर्ण लामाले साथीलाई परीक्षा दिन लगाएका थिए ।
प्रवेशपत्र जाच्ने क्रममा फोटो नमिलेपछि शंका लागेर प्रहरीको जिम्मा लगाएको क्याम्पसका परीक्षा शाखा प्रमुख रुपेश नेपालले जानकारी दिए । अब अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यलयका डिएसपी नवीनराज राईले जानकारी दिए । केन्द्राध्यक्ष समेत रहेका क्याम्पस प्रमुख सागर तिवारीले लामालाई निस्कासन गर्न राष्ट्रिय परीक्षा बोर्डमा लेखी पठाउने जानकारी दिए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया