Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

सर्वोत्कृष्ट विद्यार्थीलाई एक लाख राशिको पुरस्कार

मंगलबार, ०६ असार २०७४

काठमाडौं ६ असार/हेटौंडा स्कुल अफ म्यानेज्मेन्ट महाविद्यालयले राष्ट्रिय परीक्षा बोर्डले लिने बार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई एक लाख रुपियाँ राशिको पुरस्कार घोषणा गरेको छ ।

मकवानपुरको शैक्षिकलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको महाविद्यालयले कक्षा ११ र १२ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई प्रथम हुने विद्यार्थीलाई पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कारका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाविद्यालयका प्राचार्य पुरनबहादुर जोशीले महाविद्यालयबाट कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्र्र्थीमध्ये राष्ट्रिय परीक्षा बोर्डले वार्षिक परीक्षामा प्रथम हुने एक एक जनालाई नगदसहित सम्मानपत्र प्रदान गरिने बताए ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया