Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
खबर/फिचर

संघीय सरकार पूर्णताको कसरत, केही नपाए बल्ल शिक्षा !

सोमबार, १४ फागुन २०७४

काठमाडौं - संघीय सरकारलाई पूर्णता दिन सत्ता गठबन्धन दलका नेताहरुले कसरत गरे पनि यस अघि जस्तै शिक्षा मन्त्रालय प्रति कुनै पनि नेताले चासो दिएका छैनन् । मन्त्री बन्ने चर्चामा रहेका कुनै पनि नेताले म शिक्षा मन्त्री हुन्छु भनेर अहिले सम्म दावी नगरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।

शिक्षा मन्त्रालय एमालेको भागमा परेपछि विद्यार्थी राजनीतिबाट आएका योगेश भट्टराई र रवीन्द्र अधिकारीलाई भावी शिक्षा मन्त्रीका रुपमा चर्चा गरिदैं आएको थियो । तर यी दुवै नेताले आफूलाई प्रभावशाली मन्त्रालय चाहिने दावी गरेपछि शिक्षा मन्त्रालय कम प्राथमिकतामा परेको पुष्टि भएको हो ।

मन्त्री हुनु भनेको 'कमाउ धन्दा' हो भन्ने मानसिकताबाट दलका नेताहरु माथि नउठ्दा शिक्षा मन्त्रालय सँधै कम प्राथमितामा पर्दै आएको छ ।

भट्टराईले सञ्चार र अधिकारीले भौतिक योजना मन्त्रालयमा दावी गरेपछि शिक्षा मन्त्रीका रुपमा काभ्रेका गोकुल बास्कोटाको नाममा पार्टि भित्र छलफल भएको एमाले श्रोतले जनाएको छ ।

'शिक्षा मन्त्रालय त रोजाइ मै रहिन्छ, सबै जना गृह र अर्थ मात्रै ताक्ने शिक्षा त हेपिएको पो रहेछ' उक्त श्रोतले भन्यो, 'केही नपाए बल्ल शिक्षा भए नी ठिकै छ भन्ने पो सुनिन्छ ।'

'समृद्धिको नारा बोकेर चुनाव जितेका बाम गठबन्धनका नेताहरु पनि शिक्षा विनै समृद्धि देख्दै रहेछन्' शिक्षा मन्त्रालयका एक उच्च कर्मचारीले प्रश्न गरे, 'राजनीतिक नेतृत्वबाटै यो हद सम्म हेपे पछि देशको शिक्षाको गुणस्तर सुधार भएन भनेर चिन्ता गर्न सुहाउँछ ?' 

संघीय सरकारको प्रधानमन्त्री  भएको ११ दिन पछि केपी ओलीले सरकारलाई सोमबार पूर्णता दिने कसरत गरिरहेका छन् ।

माओवादी केन्द्र र एमाले विच पार्टी एकता गर्ने भनेर चुनाव जितेका दलहरुको  एकता लम्बिदैं जानु र ११ दिन सम्म सरकार समेत विस्तार गर्न नसक्नुले ओली  माथि दवाव छ ।

तर, अझै पनि दलका नेताहरुको रोजाइ र चित्त बुझाइ मिलाउँदा मिलाउँदै सोमबारबो विस्तारमा पनि मन्त्रीपरिषद् पूर्ण नहुने ओली  निकट श्रोतले जनाएको छ ।

'आज केही मन्त्री थपिएलान् तर तपाईको चिन्ता जस्तो शिक्षा मन्त्री आजै टुङ्गो लाग्ला जस्तो त अहिले सम्म देखिएको छैन' उक्त श्रोतले भन्यो ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्री सहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबण्डा भएको थियो ।

पढ्नुहोस् : शिक्षा मन्त्रालय एमालेको भागमा

शिक्षा मन्त्रालयको नाम परिवर्तन

१० फागुनमै मन्त्रालय भागबण्डा लगाए पनि आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै  हुँदा दुवै पार्टीलाई टुंगो लगाउन हम्मे परेको छ ।

प्रतिक्रिया