Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

प्राविधिक गडबढीले एसईई नतिजामा ढिलाई

शनिबार, ०९ असार २०७५

भक्तपुर - प्राविधिक गडबढीका कारण यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा ढिलाई भएको छ । दिउँसो तिन बजे बोर्ड बैठक डाकेर नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी थियो । तर, तथ्याङ्कमा गढबढि भएपछि नतिजामा ढिलाई भएको परीक्षा नियन्त्रण कार्यालय श्रोतले जनाएको छ ।

'नयाँ प्राविधिकले काम गर्दै हुनुहुन्छ केही ईरर देखियो हामी त्यसलाई सल्भ गर्ने प्रयासमा छौं' श्रोतले भन्यो ।

लामो समय देखि परीक्षाको काममा संलग्न ईञ्जिनियर अनुप न्यौपानेको बढुवासंगै सरुवा भएपछि कार्यालयले पाठ्यक्रम विकास केन्द्रका ईञ्जिनियर नसिव आचार्य मार्फत् कामगर्दै आएको थियो ।

कार्यालयले नतिजा सार्वजनिक गरेपछि एडुखबरमार्फत् विद्यार्थी तथा अभिभावकले नतिजा थाह पाउने छन् ।

कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा कति सहभागी भए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुने छ ।
शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया