Edukhabar
शनिबार, ३० फागुन २०८२
अन्तैवाट

काँप्दै विद्यालय पुग्छन् बालबालिका

आइतबार, ०६ माघ २०७५

काठमाडौं ६ माघ / तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकला आधारभूत विद्यालयका बालबालिका एकसरो कपडाका भरमा विद्यालय जाने गरेका छन् । ठिहिर्‍याउने चिसोमा बालबालिका सामान्य स्कुल ड्रेसको भरमा काँप्दै विद्यालय जान्छन् । नयाँ पत्रिकाका अनुसार अधिकांश बालबालिका न्यानो कपडाको अभावमा काँप्दै विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक नवराज अर्यालले बताए । 

‘अधिकांश अभिभावकको आर्थिक स्थिति कमजोर छ, बिहान खाए बेलुका के खाउँ भन्ने अवस्थाका छन्,’ प्रअ अर्यालले भने ‘अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिकाले न्यानो कपडा लाउन पाएका छैनन् ।’ शिक्षिका लोकमाया गिरिले बालबालिकालाई स्विटर किनिदिन अभिभावकलाई भन्दा पैसा छैन किन्न सक्दिनँ भन्ने जवाफ दिने गरेका बताइन् । चिसोका कारणले कतिपय बालबालिका विद्यालय जानै छाडेका छन् । 

गत वर्ष सो विद्यालयका बालबालिकालाई काठमाडौंको एक संस्थाले न्यानो कपडा सहयोग गरेको थियो । विद्यालय आवत–जावत गर्दा मात्र प्रयोग गर्न दिइएको स्विटर बालबालिकाले घर बस्दा पनि लगाउँदा फाटेको हो । 

‘विद्यालयमा गाउँपालिकाले दिवा खाजा र न्यानो कपडाको व्यवस्था गरिदिए बालबालिका अध्ययनका लागि आकर्षित हुने थिए,’ प्रअ अर्यालले भने । विद्यालयमा ७२ जना बालबालिका अध्ययनरत छन् ।

नयाँ पत्रिकामा उपेन्द्र खनालले लेखेका छन् । 

प्रतिक्रिया