Edukhabar
शनिबार, ३० फागुन २०८२
अन्तैवाट

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

सोमबार, २८ माघ २०७५

काठकाडौं २८ माघ / खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ। तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माविका पूर्वविद्यार्थीले नगद प्रदान गरेका हुन्।

हाल सिंगापुर पुलिस फोर्समा विभिन्न तहमा कार्यरत पूर्वविद्यार्थीले अफ्ना अग्निपीडित गुरुलाई १ लाख ५८ हजार ९ सय ६४ रुपैयाँ सहयोग गरेका हुन्। सिंगापुर पुलिस फोर्समा कार्यरत इन्सपेक्टर नवीन राई, बालजित राई, जितेन्द्र राई, सव–इन्सपेक्टर खड्गविक्रम राई, स्टाफ सार्जिन्ट प्रकाश जोशी, होमकाजी गुरुङ लगायतका पूर्वविद्यार्थीको पहलमा ३२ जनाबाट संकलन गरिएको रकम अग्निपीडित शिक्षक श्रेष्ठलाई प्रदान गरिएको हो।

गत कात्तिक २३ गते बिहान ३ बजे रत्नपार्ककी अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोले शिक्षक श्रेष्ठको घर पनि नष्ट भएको थियो भने अन्य तीन घरमा आंशिक क्षति पुगेको थियो। आगो फैलिन नदिन डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा रविध्वज राई, राजु श्रेष्ठ र नीवन गुरुङको घरमा क्षति पुगेको थियो। रविध्वज दोस्रोपटक आगलागीबाट पीडित बनेका हुन्। अग्निपीडितका लागि सहयोग जुट्ने क्रम जारी छ।

नागरिकबाट 

प्रतिक्रिया