Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव

विहीबार, २६ बैशाख २०७६

काठमाडौं २६ बैशाख / एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।

परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ ।

एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ ।

सप्तरीमा मात्रै होइन प्रदेश नम्बर २ का अधिकांश जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

उहाले कर्मचारी अभावले गर्दा उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको उहाको भनाई थियो । कर्मचारीले उत्तरपुस्तिका रुजु गरी, कोडिङ गर्ने र परीक्षण केन्द्रमा पु¥याउने गरेका छन् ।

अधिकाशं जिल्लामा कर्मचारी नै छैनन, तराईका जिल्लामा त खटाएका कर्मचारी समेत जान मान्दैनन, कसरी उत्तरपुस्तिका परीक्षण गर्ने ?–बोर्डका एक कर्मचारीले भने ।

इकाइ प्रमुख एक्लैले उत्तरपुस्तिका परीक्षणको लागि व्यवस्थापन गर्न नसक्ने बोर्डको भनाई छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले ७७ वटै जिल्लामा कर्मचारी अभाव रहेको बताउनुभयो । उहाले भन्नुभयो–सबै जिल्लामा कर्मचारीको अभाव देखिएको भएपनि तराईका सबै जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ । हाम्रो अनुरोधमा स्थानीय तहलाई गुहारेर उत्तरपुस्तिका परीक्षण गर्ने काम भैरहेको छ ।

उत्तरपुस्तिका परीक्षण गर्न शिक्षकको अभाव छैन, व्यवस्थापन गर्ने कर्मचारीको अभाव भएकोले समस्या भएको हो–बोर्डका अध्यक्ष प्राडा पौडेलले भन्नुभयो ।
बोर्डले हालसम्म कतिपय जिल्लामा उत्तरपुस्किा परीक्षणपछि अंक चढाउने मार्क स्लिप पठाउन सकेको छैन । अहिले त उत्तरपुस्तिका परीक्षणमा भद्रगोल देखिएको छ,पनिकाका एक कर्मचारीले नेपाल समाचारपत्रसंग भने ।

तराइका अधिकांश जिल्लामा कर्मचारी जान नमानेपछि प्रदेश २ मा समस्या देखिएको बोर्डको भनाई छ । अध्यक्ष पौडेलले भन्नुभयो–व्यवस्थापन गर्न खोजिरहेका छौ ।

यही कारणले गर्दा यो वर्षको एसइईको परीक्षाफल ढिलो हुने सम्भावना देखिएको छ । तर बोर्डले समयमै परीक्षाफल प्रकाशित गर्ने तयारी भैरहेको बताउन छाडेको छैन । अध्यक्ष पौडेलले भन्नुभयो–केही जिल्लाका उत्तरपुस्तिका परीक्षण भएर केन्द्रमा आउनेक्रम जारी भैसकेको छ । तर हालसम्म तराइका केही जिल्लामा हिजो आइतबारदेखि मात्रै परीक्षण हुन थालेको छ । चैत १० गतेबाट संचालन भएको परीक्षामा मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।

उत्तरपुस्तिकाको रकम वृद्धी गर्न माग
उत्तर पुस्तिका परीक्षण भत्तामा कर लगाएकोमा आपत्ती जनाउदै उत्तर पस्तिका परीक्षणमा इन्कार गरेका शिक्षकले बोर्डले कर हटाउने आश्वासन दिएपछि परीक्षण गर्न थालेका छन् ।

प्रति उत्तर पुस्तिका २० रुपिया कायम गरेर त्यसको १५ प्रतिशत कर कट्टा गर्ने व्यवस्था गरेको छ । शिक्षकले कर कट्टी गरेर प्रति उत्तरपुस्तिका १७ रुपिया पाउछन् । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले परीक्षकले लिखित रुपमा असन्तुष्टी जनाउदै पत्र दिएको बताउनुभयो ।

हामीले रकम बृद्धी गर्ने विषयमा कुराकानी गरिरहेका छौ । अधिकांस शिक्षकले परीक्षण दर बढाउनुपर्ने बताउदै आँएका छन् । बोर्डले कक्षा ११ र १२ को उत्तरपुस्तिका परीक्षण गरेवापत ४० रुपिया दिने व्यवस्था गरेको छ । बोर्डले कर कटाएर भुक्तानी दिने गरेको छ ।

एसइईका परीक्षकले रकम नबढाए आगामी वर्षबाट परीक्षण नगर्ने चेतावनी दिदै आएका छन् । यस अघिनै अधिकांश शिक्षकले रकम वृद्धी गर्न माग गर्दै पनिकामा पत्र दिएका छन् ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया