Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

नयाँ पाठ्यक्रम परीक्षण शुरु हुँदै

शुक्रबार, २७ बैशाख २०७६

काठमाडौं २७ बैशाख / जेठको पहिलो साताबाट विद्यालय तहको नयाँ पाठ्यक्रम परीक्षण सुरु हुने भएको छ । यस वर्ष कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण गरिँदैछ ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को नयाँ पाठ्यपुस्तक तयार गरेको छ । देशका १७ जिल्लाका १०३ विद्यालयमा सो पाठ्यपुस्तक परीक्षण अध्यापन गरिने बताइएको छ । 

केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले परीक्षणका आधारमा आगामी शैक्षिक सत्र २०७७ बाट देशभरिका सबै विद्यालयमा नयाँ पाठ्यपुस्तक लागू हुने जानकारी दिनुभयो । केन्द्रले परीक्षणका लागि एकीकृत पाठ्यक्रम तयार गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषयका पाठ्यपुस्तक तयार भएका छन् । 

मेरो सेरोफेरोभित्र विज्ञान, स्वास्थ्य शारीरिक, सामाजिक शिक्षा र सिर्जनात्मक कला विषय समावेश गरिएका छन् । विगतमा विज्ञान, स्वास्थ्य शिक्षा, सामाजिक शिक्षा आदि पाठ्यपुस्तक अलग पठनपाठन हुने गरेको थियो ।

सरकारले गत वर्ष विद्यालय तहमा नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरेको थियो । त्यसलाई कार्यान्वयन गर्न यस पटकबाट परीक्षण सुरु हुँदैछ ।

गोरखापत्रबाट 

 

प्रतिक्रिया