Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

शुरु भयो प्याब्सन नमूना वस्ती

बुधबार, ०१ जेठ २०७६

काठमाडौं १ जेठ / निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) ले सुनसरीको रामधुनी नगरपालिकामा ‘प्याब्सन नमुना बस्ती’ निर्माण शुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वडा नम्बर–८ डुम्ब्राहा ताघडाडमा २५ नमुना वस्ती निर्माण शुरु गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गर्नुभएको नमुना बस्ती ७३ जिल्लाका निजी विद्यालयबाट राहत स्वरुप संकलित करिब डेढ करोड रुपियाँ लागतमा नमुना बस्ती निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

प्याब्सन अध्यक्ष टिकाराम पुरीले समाजिक क्षेत्रप्रति उत्तरदायी हुन नुमना बस्ती निर्माण शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–अहिले नमूना बस्ती निर्माण शुरु गरेका छौ, लगत्तै राजमार्गमा सार्वजनिक शौचालय निर्माण प्रकृया अघि बढाउनेछौ ।’

दुई कोठा, भान्छाघर,शौचालय र बरण्डा भएको ती नमुना बस्तीमा खेलमैदान, विश्राम घर, पार्किङ लगायतका सुविधा भएको सो वस्ती आगामी कातिक महिनामा हस्तान्तरण गरिसक्ने अध्यक्ष पुरीले बताउनुभयो । उहाका अनुसार प्रक्रिया पूरा गरी छनौटमा परेका बाढीपीडित बस्ने गरी निर्माण शुरु गरिएको सो भवन प्याब्सनले निर्माण गरेको पहिलो नमुना भवन हुनेछ ।

याब्सन प्रदेश नम्बर १ कार्यसमितिको व्यवस्थापनमा भावना घिमिरे र एलिसा गौतमको डिजाइनमा निर्माण शुरु भएको सो भवन विल्कन इन्डस्ट्रिज प्रालिने निर्माण शुरु गरेको प्रदेश १ का अध्यक्ष युवराज वासिष्ठले बताउनुभयो । १ करोड रुपियाँ संकलन भएको छ बाँकी ५० लाख रुपियाँ प्याब्सन जिल्ला कार्यसमितिहरुबाट संकलन गर्ने लक्ष लिएको अध्यक्ष पुरीले बताउनुभयो ।

रामधुनी नगरपालिकाले उपलब्ध गराएको करिब एक बिगाहा जग्गामा निर्माणाधिन नमुना बस्तीमा करिब सय परिवार लाभान्भित हुने प्याब्सनले बताएको छ । नमूना बस्ती निर्माण गर्न रामधुनी नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । बिसं २०७२ र बिसं २०७४ मा आएको बाढी पीडित परिवारलाई लक्षित गरी बस्ती निर्माण गरेको प्याब्सनले ती परिवारका छोराछोरीलाई निःशुल्क पढाउने व्यवस्था गर्दैछ ।

नमूना वस्ती निर्माण शिलान्यास कार्यक्रममा मन्त्री गिरिराजमणी पोखरेलले समाजिक उत्तरदयित्व अन्तर्गत निर्माण हुन लागेको प्याब्सन नमुना बस्तीले विपन्न परिवारलाई राहत मिल्ने बताउनुभयो । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले सुकुम्वासी र बाढी पीडितलाई लक्षित गरी बनाइएको नमुना बस्ती मूलुककै नमुना हुने दाबी गर्नभयो ।

हामीले उपलब्ध गराएको जग्गामा नमुना वस्ती निमार्ण हुदा खुसी लागेको उहाको भनाई थियो । प्याब्सनको नयाँ कार्यसमितिले गरेको यो पहिलो स्वागतयोग्य काम भएको अधिकांशको भनाई छ । अध्यक्ष पुरीले अब हामीले पूर्वको काँकडभिट्टादेखि सुदुरपश्चिमको कञ्चनपुरसम्म राजमार्ग लक्षित २० वटा शौचालय बनाउने योजना रहेको बताउनुभयो ।

हामी स्थानीय तहसँग छलफल गरी शौचालय निर्माण परियोजना अघि बढाउदैछौ, उहाँले भन्नुभयो । विद्यार्थीसँग मोटो रकम असुलेर धनी भएको आरोप लाग्दै आएको प्याब्सनले अब सामाजिक क्षेत्रमा विभिन्न विकास निर्माण परियोजना अघि बढाने लक्ष्य लिएका छौ–अध्यक्ष पुरीले भन्नुभयो,‘राम्रो काम गरेर परिणाम दिन्छौ ।’

विभिन्न प्रदेश र जिल्ला कार्यालयसँग छलफल गरी सम्झनालायक काम गर्न सबैलाई आग्रह गरिसकेको बताउदै अध्यक्ष पुरीले भन्नुभयो–‘प्याब्सन अब साच्चिकै शिक्षा क्षेत्रको अलावा सामाजिक र विकास निर्माणको क्षेत्रमा अघि बढ्नेछ । नमुना वस्ती निर्माण भएर हस्तान्तरण भैसकेपछि प्याब्सनको नाम उचो रहने विश्वास लिएका छौ,अझै दर्जनौ योजना पहिचान गरी संचालन गर्नेछौ ।’

नेपाल समाचारपत्रबाट ।

प्रतिक्रिया