Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षक अभाव टार्न बजेट मार्फत् अभियान घोषणा

बुधबार, १५ जेठ २०७६

काठमाडौं - शिक्षक नपुग विद्यालयमा स्वेच्छिक रुपमा शिक्षण स्वयं सेवक परिचालन गर्न अभियान सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।

'चिनौं आफ्नै माटो बनाउँ आफ्नै देश' अभियान सञ्चालन गरी प्राविधिक विषयमा स्नताकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालयमा परिचालन गर्ने बजेट मार्फत घोषणा गरिएको हो ।  गणित अँग्रेजी विज्ञान शिक्षक नपुग विद्यालयमा स्वेच्छिक रुपमा शिक्षण स्वयं सेवक रुपमा परिचालन गर्न र उक्त विषयहरुमा नपुग शिक्षकका लागि शिक्षण सिकाइ अनुदान समेत गरी एक अर्व ५० करोड विनियोजन गरेको अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेट मार्फत् सार्वजनिक गरेका हुन् । 

रंगीन पाठ्यपुस्तकका लागि २ अर्ब २१ करोड विनियाजन गरेको पनि उनले बताए । सबै स्थानीय तहमा प्राविधिक धारका विद्यालय सञ्चालन गर्ने नीति अनुरुप आगामी बर्ष भित्र बाँकी २ सय १२ स्थानीय तहका सामुदायिक विद्यालयमा प्राविधिक धारको अध्ययन शुरु गर्न २६ करोड बजेट विनियोजन । 

सामुदायिक र निजीको विद्यमान फरक घटाउँदे लैजान र सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पूर्वाधार विकास गर्ने पनि बजेटमा उल्लेख छ । 

यो पनि पढ्नुहोस् : राष्ट्रपति शैक्षिक कार्यक्रम मार्फत् शिक्षक पर्याप्तताको कार्य गर्ने, ५ अर्ब विनियोजन

बजेटको पूर्ण पाठ पढ्नुहोस्

प्रतिक्रिया