Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

त्रिविमा अख्तियारको छापा

शनिबार, ३२ जेठ २०७६

काठमाडौं ३२ जेठ / कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ । अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ ।  अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लिइएको आयोगका एक अधिकारीले बताए । गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी भर्नाको लिखित नतिजामा आयोगकै अधिकारी, विद्यार्थी नेता तथा कर्मचारीका आफन्त उत्तीर्ण भएको भन्दै उजुरी परेको थियो ।

मिलेमतोकै आधारमा नतिजा प्रकाशन गरिएको आशंका गरिएको छ । चलखेलका आधारमा कर्मचारी भर्ना गर्न लागेको उजुरी परेपछि अख्तियारले एक महिनादेखि छानबिन गर्दै आएको थियो । त्रिवि शिक्षा आयोगले लिएको लिखित परीक्षामै चलखेल गरेको अख्तियारको आशंका छ । अख्तियारले उत्तरपुस्तिका नियन्त्रणमा लिई कागजपत्र अध्ययन गरेर आयोगका पदाधिकारीको बयानसमेत सुरु गरेको जनाएको छ ।

लोकसेवा आयोगको जस्तो डबल कोडिङ सिस्टम नहुँदा त्रिवि सेवा आयोगको कर्मचारी भर्नामा चलखेल हुँदै आएको आरोप लागेको छ । त्रिविभित्रका अन्य आर्थिक अनियतिताबारे समेत उजुरी परेको र छानबिन भइरहेको आयोग स्रोत बताउँछ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया